१३ वैशाख २०८१

दशैंको टीकाको शुभ मुहूर्त बिहान ११ः ५५ मा

0

नेपालीहरुको महान् चाड बडा दशैं अन्नर्गत विजया दशमी (टीका)को शुभ मुहूर्त शनिबार बिहान ११ बजेर ५५ मिनेटमा रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।
हिन्दू परम्परा अनुसार टीकाको दिन शुभ मुहूर्त(साईत)मा आफूभन्दा ठूलाको हातबाट टीका तथा जमरा ग्रहण गरेर आशीर्वाद लिने प्रचलन रहेको छ ।
पञ्चांग निर्णायक समितिका अनुसार बिहान ८ बजेर १ मिनेटमा देवी बिसर्जनको शुभ साईत रहेको छ भने देवी बिसर्जन पश्चात् टीकाको साईतमा टीका ग्रहण गर्न उत्तम हुने जनाइएको छ ।
दशैंको टीकाको दिनदेखि शुरु हुने टीका ग्रहण कोजाग्रत पूर्णिमासम्म चालु रहने र सोही दिन ब्रत बसेर महालक्ष्मीको पूजा अर्चना गरी बिसर्जन गरेपछि टीका समाप्त हुने प्रचलन छ भने कतै कतै चाहिँ टीकाको दिनमा मात्र टीका ग्रहण गर्ने प्रचलन रहेको पाईन्छ ।

Share.

Leave A Reply