नेपाल आइडलको उपाधि पोखराका बुद्ध लामालाई

0

पोखरा – एपि वान टेलिभिजनबाट प्रशारण हुदै आएको बहुचर्चित गायन रियालिटी शो नेपाल आइडलको उपाधि पोखराका बुद्ध लामाले जितेका छन् । शुक्रवार राती कतारको दोहामा भएको फाइनलमा बुद्ध लामालाई पहिलो नेपाल आइडल घोषणा गरिएको हो । बुद्ध लामा जन्मथलो धादिङ भएपनि कर्मथलो पोखरालाई बनाउदै अगाडी बढेका प्रतिभा हुन् । 

कार्यक्रमका प्रमुख अतिथि महजोडी मदनकृष्ण श्रेष्ठ र हरीबंश आचार्यले लामालाई पहिलो नेपाल आइडल घोषणा गरेका हुन् । विजेता लामाले २० लाख रुपैया नगद, ३५ लाख रुपैया बराबरको महेन्द्रा गाडी र १५ लाख बराबरको एल्बम कन्ट्याक्ट हात पारेका छन् ।

नेपाल आइडलको फाइनलमा प्राप्त कुल मत : ९,३१,८३,३३५
बुद्ध लामा : ४,४८,४५,२६३
निशान भट्टराई : ३,५०,८६,२२३
प्रताप दास : १,३२,५१,८४९
(बुद्धले निशानलाई ९७,५९,०४० मतले पछि परे । )

त्यस्तै प्रतियोगितामा निशान भट्टराई दोस्रो र प्रताप दास तेस्रो भए । भट्टराई र दासले क्रमश ः १५ लाख र १० लाख नगद पुरस्कार हात पारेका छन् । कार्यक्रममा केहि सेलीब्रेटी कलाकार तथा आइडलमा उत्कष्ट १२ मा परेका प्रतिश्पर्धीको प्रस्तुती देखाइएको थियो । फिनाल हेर्नका लागि कतारमा रहेका नेपालीहरुको उल्लेख्य सहभागिता थियो । 

Share.

Leave A Reply