०४ वैशाख २०८१

एनआरएनए स्विट्जरल्याण्डको पद हस्तान्तरण कार्यक्रम सम्पन्न, सदस्यहरु मनोनीत

0

१४ सेप्टेम्बर २०१७, स्विट्जरल्याण्ड। गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको पद हस्तान्तरण कार्यक्रम यहि गत १० सेप्टम्बर आईतबारको दिन सम्पन्न भएको छ। स्विट्जरल्याण्डको राजधानी बेर्न शहरमा संघको पद हस्तान्तरण कार्यक्रम निवर्तमान अध्यक्ष हिराबल गुरुङको सभापतित्वमा सम्पन्न भएको हो।

त्यसै गरी निवर्तमान कार्यसमितिले नव निर्वाचित कार्यसमितिलाई संघका कागजातहरु हस्तान्तरण गरेका थिए। बिभिन्न वक्ताहरुले आफ्नो बिचार राख्ने क्रममा नव निर्वाचित अध्यक्ष भूमिराज गुरुङले संघलाई समावेशी बनाउदै सहमतिका आधारमा स्विट्जरल्याण्डको नेपाली समाजलाई एकताबद्ध गर्दै काम गर्नु पर्नेमा जोड दिए।

गत सेप्टेम्बर ०३ तारीख आईतबारका दिन सम्पन्न संघको पाँचौं अधिवेशनले भूमिराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो। नव निर्वाचित कार्यसमितिका अधिकांश पदाधिकारीहरु उपस्थिति रहेको थियो।

 सदस्यहरु मनोनीत

पदहस्तान्तरण कार्यक्रम समापन पछि सोहि दिन भूमिराज गुरूङको अध्यक्षतामा बसेको संघको नव निर्वाचित समितिको पहिलो बैठकले रिक्त रहेका बिभिन्न पदहरुमा सदस्यहरु मनोनित गरेको छ।

संघको महिला संयोजकमा शुभ एल्मर, लामा, (मुलेहोर्न) प्रवक्तामा सन्तोष राई (बासेल) सदस्यहरुमा डम्मर तामाङ (आरगाउ), अमिना श्रेष्ठ (बेर्न), छेतन याङजोम शेर्पा (लुजाने) लक्ष्मी पुल्बर (जुरीख) मनोनीत भएका छन्। उनीहरुलाई सर्वसम्मतिबाट मनोनीत गरेको संघका महासचिव शुक्र श्रेष्ठले जानकारी दिए।

संघको २०१५-१०१७ कार्यकालमा महिला संयोजकमा शुभ एल्मर, लामा  र प्रवक्तामा सन्तोष राई मनोनित भएका थिए। २०१७-२०१९ कार्यकालका लागि पनि उनीहरु सोहि पदमा मनोनीत भएका हुन्।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको जर्मनीमा भएको १० औं युरोपियन क्षेत्रिय बैठक र ८ औं युरोपियन महिला सम्मेलन बाट हरेक राष्ट्रिय समन्वय परिषदमा ३३ प्रतिशत महिला सहभागिता जनाउने निर्णयलाई सहर्ष स्विकार गर्दै  गैर-आवीय नेपाली संघ, स्विट्जरल्याण्डको रिक्त रहेको पदमा ३ जना महिलाहरु लाई सदस्यमा मनोनीत गरेको अध्यक्ष गुरुङले बताए।

Share.

Leave A Reply