०७ वैशाख २०८१

एनआरएनए,पोर्चुगलको अध्यक्षमा कुवेर कार्की , वरिष्ठ उपाध्यक्षमा कमल गुरुङ बिजयी

0

वाईवि तमू , लिस्वन। गैर आवासीय नेपाली संघ,पोर्चुगलको आगामी दुई वर्षे कार्यकाल २०१७-२०१९का अन्तर्राष्ट्रिय समन्वय परिषदमा नरेन्द्र बहादुर हमाल र पेम्वा शेर्पा तथा अध्यक्षपदमा कुवेर कार्की निर्विरोध निर्वाचित भएका छन् भने अन्य तिन जना उपाध्यक्ष, महिला उपाध्यक्ष ,कोषाध्यक्ष र युवा संयोजक पदमा निर्वाचन भएको थियो ।जसमा  सबै भन्दा बढि मत लिएर कमल गुरुङ विजयी भएका छन् त्यस्तै  अन्य द्वय उपाध्यक्षमा गोबिन्द सापकोटा र कान्छा राम बुढाथोकी बिजयी भएका छन् ।
कुल मत मध्ये कमल गुरुङले ८६२,गोबिन्द प्रसाद सापकोटा ८३८,कान्छाराम बुढाथोकी ७६१ मत प्राप्त गरि बिजय भएका थिए भने अर्का उपाध्यक्ष गणेश पाण्डेयले ५०५ मत प्राप्त गरेका थिए ।यसरि प्राप्त  मतको आधारमा सबैभन्दा बढि मत प्राप्त गरि कमल गुरुङ बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै महिला उपाध्यक्षमा  बिष्णु लुइटेलले ७०४ मत प्राप्त गरि बिजय भएकी छन् भने उनका प्रतिद्वन्दी गीता रानाले ४०७ मत प्राप्त गरेको थिईन भने कोषाध्यक्षमा कुमार तामाङले ७३५ मत प्राप्त गरि बिजयी भएका छन् भएन उनका प्रतिद्वन्दी रमेश  राज वास्तोलाले ३७२ मत प्राप्त गरेका अच्हन त्यस्तै युवा संयोजकमा रविन अधिकारीले ८१५ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्दी पेमाछिरि शेर्पाले २९५ मत प्राप्त गरेका थिए ।
एनआरएनए,पोर्चुगलमा  कुल पंजीकृत सदस्य २३४५ मध्ये करिव पचास प्रतिशत मत खसेको थियो जसमा कुल जम्मा ११५८ मत मात्र खसेको कुरा निर्वाचन समिती सदस्य राज कुमार थापाले जानकारी दिएका छन्।
राजधानी लिस्वन केन्द्रबाट ६६५ मत मात्र खसेको थियो भने लिस्वन बाहिर जम्बोजेरा,भिलामोरा,मोण्टेगोर्दो,सन्तोतोनिय उप-केन्द्रबाट ४९३ मत खसेको थियो ।

गैर आवासीय नेपाली संघ,पोर्चुगलको इतिहासमा यो दोस्रो पटक भएको निर्वाचन हो ।
सहमतिय आधारमा चयन गर्ने परम्परालाई तोड्दै यस पटकको निर्वाचनले पोर्चुगलको नेपाली समाजमा नयाँ आयामको सुरुवात भएको कुरा बिशलेषकहरु बताउछन भने केहि व्यक्तिहरुको व्यक्तिगत इगो र हठका कारण सिंगो समाज एकातिर हुदा हुदै निर्वाचनमा जानुले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक प्रभाव परेको गुनासो पनि सुनिने गरेको छ ।

भने अन्य पदहरु महासचिव सचिव,महिला संयोजक,लगायत सम्पुर्ण सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए   ।

स्वतन्त्र एनआरएन सस्था होस् भन्ने चाहना सवैको भएतापनि एनआरएन राजनीति भन्दा बाहिर रहन नसक्ने गरि पूर्ण राजनितीको भाग बण्डा र भर्ति केन्द्रको रुपमा बिकसीत् भैसकेको छ मात्र बाहिर देखावटी रुपको लेपनमात्र स्वतन्त्र एनआरएन भानियातापानी भित्र पूर्ण राजनीतिक पार्टिहरुको भर्ति केन्द्रको अखडा बनि सकेको छ त्यसैले अव स्वतन्त्र एनआरएन खोज्नु मुर्खता हुने छ छिटो भन्दा अछिटो केन्द्रिय बिधान संसोधन गरेर सोझै सबै राजनीतिक पार्टिका कार्यकर्ता भर्ति गर्ने कारखानाको रुपमा परिणत गरे यसको भ्रमबाट स्वतन्त्र नागरिकहरुले चयन त् पाउने थिए ।

सम्पुर्ण विजयी कार्यसमितिलाई बधाई ।

Share.

Leave A Reply