१२ वैशाख २०८१

एनआरएनए स्वीट्जरल्याण्डको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा भूमिराज गुरुंग विजयी (भिडियो सहित)

0

०८ सेप्टेम्बर २०१७, स्विट्जरल्याण्ड। भूमिराज गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गर्दै गैर आवासीय नेपाली संघ, स्वीट्जरल्याण्डको पाँचौं अधिवेशन सम्पन्न भएको छ ।

गत ३ सेप्टेम्बर आइतबारका दिन स्वीट्जरल्याण्डको राजधानी बेर्नमा सम्पन्न उक्त पाँचौं अधिवेशन एवं नवौं साधारण सभाले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको हो । संघका निवर्तमान महासचिव गुरुङले १५६ मत प्राप्त गरी विजयी भएका हुन भने अध्यक्षका अर्का प्रत्यासी सीमा गौतम अर्यालले ६२ मत प्राप्त गरिन् ।

त्यसैगरी सोही अधिवेशनबाट आईसिसी सदस्यमा रामकुमार महतो ११६ मत ल्याई विजयी भए भने सोही पदका अर्का प्रत्यासी धर्म गुरुङले १०२ मत प्राप्त गरे । महासचिवमा शुक्र श्रेष्ठ १३२ मतका साथ विजयी भए भने महासचिवका अर्का प्रत्यासी फणिन्द्र पन्तले ८० मत प्राप्त गरे ।

अध्यक्ष, महासचिव र आईसिसी सदस्य बाहेक अन्य पदहरुमा भने निर्विरोध भएको थियो । निर्विरोध निर्वाचित भएका अन्य पदहरुमा उपाध्यक्षमा शिव सुब्बा र विजयबाबु आचार्य, कोषाध्यक्षमा प्रमोद भट्ट, सचिवमा दिपेन्द्र रावत, यूवा संयोजकमा राजेन्द्र भण्डारी र सदस्यमा गोपाल तामाड. रहेका छन् ।

उक्त अधिवेशनमा कार्य समितिका सबै पदहरुमा निर्विरोध निर्वाचित गर्ने पहल भए पनि सहमतिको पहल असफल भएपछि अध्यक्ष, महासचिव र आईसिसी सदस्यका लागि निर्वाचन प्रक्रिया मार्फत नयाँ पदाधिकारीहरुको चयन भएको हो । संघमा पञ्जिकृत कूल ३०० सदस्य संख्या मध्ये निर्वाचनमा कूल २३४ मत मात्र खसेको थियो । खसेको मत मध्ये ३० मत बदर भएको निर्वाचन संयोजक बिष्णु थापाले जानकारी दिएका थिए ।

जेनेभास्थित नेपाली दूतावासका सल्लाहकार सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा एनआरएनए इटलीका आईसिसी सदस्य संजयदेव श्रेष्ठ केन्द्रीय पर्यवेक्षकका रुपमा उपस्थित थिए । प्रमुख अतिथि, केन्द्रीय पर्यवेक्षक एवं स्वीट्जरल्याण्डका आइसिसी सदस्य डा. विनय श्रेष्ठ, अध्यक्ष हिराबल गुरुङ  तथा प्रमुख सल्लाहकार पितम गुरुङले संयुक्त रुपमा अधिवेशनको उद्घाटन गरेका थिए ।

अधिवेशनमा गैर आवासीय नेपाली संघ स्वीट्जरल्याण्डको २०१५-२०१७ को प्रगति विवरण सहितको सांगठनिक प्रतिवेदन अध्यक्ष हिराबल गुरुङले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष शुक्र श्रेष्ठले प्रस्तुत गरेका थिए ।

अत्यन्तै सौहार्द एवं भव्य रुपमा सम्पन्न संघको उक्त अधिवेशनद्वारा सन् २०१७-२०१९ का लागि निर्वाचित नयाँ कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुलाई अधिवेशनका केन्द्रीय पर्यवेक्षक संजयदेव श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

 

अधिवेशनको भिडियो

Share.

Leave A Reply