१२ वैशाख २०८१

एनआरएनए स्विट्जरल्याण्डको निर्वाचन शान्ति पूर्ण बाताबरणमा सम्पन्न, मतगणना सुरु

0

०३ सेप्टेम्बर २०१७, स्विट्जरल्याण्ड। गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको निर्वाचन शान्ति पूर्ण बाताबरणमा सम्पन्न भएको छ। स्विट्जरल्याण्डको बिभिन्न शहरहरुबाट मतदाताको बाक्लो उपस्थिति रहेको थियो। गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको पंजिकृत सदस्य ३०० जना मतदाताहरु मध्येबाट लगभग २३३ जनाले मतदानमा सहभागिता जानाएको देखिन्छ। आईसिसि सदस्य धर्म गुरुङ र राम कुमार महत्तो, अध्यक्ष भूमिराज गुरुङ र सिमा गौतम र महासचिव शुक्र श्रेष्ठ र फणिन्द्र पन्तहरुले उम्मेद्वारी दिएका थिए। आईसिसि, अध्यक्ष र महासचिव पदमा मात्रै निर्वाचन भएको हो।

उपाध्यक्षपदमा शिव सुव्वा र बिजय बावु आचर्य ( दर्पण), कोषाध्यक्षमा  प्रमोद भट्ट, सचिवमा दिपेन्द्र रावत, युवा संयोजकमा  राजेन्द्र भण्डारी र सदस्यमा गोपाल तामाङ निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिले १२:०० बजे देखि १७:०० बजे सम्म मतदानका लागि समय तोकेको थियो। ठिक समय १७:०० बजे देखि मतदान बन्द गरी निर्वाचन समितिले  मतगणना सुरु गरेको छ।

Share.

Leave A Reply