१३ वैशाख २०८१

नेपाली चलचित्र “धनपति” स्विट्जरल्याण्डको एप्टिङगेनको डाँडामा प्रदर्शन र क्याम्पिङ

0

नेपालको दुर्गम क्षेत्रको बिद्यालयलाई सहयोग गर्ने हेतुले गत अगष्ट २६ तारीख शनिबार बेलुकी स्विट्जरल्याण्डको एप्टिङगेनको डाँडामा खुल्ला आकाश मुनि नेपाली चलचित्र “धनपति” प्रदर्शन गरेको थियो। बालबालीकाहरु र उपस्थित बिदेशीहरुका लागि जर्मनी भाषामा “On the way to School” नामक डकुमेन्ट्री चलचित्र पनि प्रदर्शन गरेका थिए।

स्विट्जरल्याण्डबासी नेपालीहरुले नेपालको दुर्गम क्षेत्रको बिद्यालयलाई सहयोग गर्ने हेतुले र नेपाली चलचित्रले बिदेशमा पनि स्थान पाउन सकोस भन्ने हेतुले गत अगष्ट  २६ र २७ स्विट्जरल्याण्डको एप्टिङगेनको डाँडामा  ओपन एअर फिल्म, क्याम्पिङ र भलिबल प्रतियोगिता कार्यक्रमहरु आयोजना गरेको हो। स्विट्जरल्याण्डबासी नेपालीहरुले यस्तो किसिमको कार्यक्रमहरु आयोजना गर्दै कार्यक्रमबाट बचेको रकमले नेपालको दुर्गम क्षेत्रको बिद्यालयलाई सहयोग गर्दै  आईरहेका छन्।

स्विट्जरल्याण्डको बिभिन्न शहरहरुबाट नेपाली र बिदेशीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो। उक्त कार्यक्रमबाट सम्पुर्ण खर्च कटाई बचेको रकम र “रोधी साँझ” को तर्फबाट तेम्पा गुरुङ र दल पुनले संकलन गरेको रकम ३०१ स्वीस फ्रान्क सहित लगभग नेपाली रुपैया असीहजार (८००००) यस पटक  सोलुखुम्बु र रामेछाप जिल्लाको दुर्गम बिद्यालयहरु लाई सहयोग गर्ने भएको छ।

भोलि पल्ट २७ अगष्ट आईतबारका दिन स्वहि स्थानमा जुरीख नेपाली स्पोर्टस क्लबले उपस्थित खेलाडीहरुलाई भेला गरी भलिबल प्रतियोगिता गरेको थियो।

एप्टिङगेनको शान्त र रमणीय डाँडामा प्रदर्शन गरेको  नेपाली चलचित्र “धनपती” ले दर्शकहरु लाई भावुक बनाएका थिए। चलचित्रमा गाउँबाट सहर पसेको एउटा मध्यमवर्गीय परिवारको संघर्षको कथालाई पस्तुत गरिएको छ। चलचित्रका प्रमुख पात्र धनपति (खगेन्द्र लामिछाने) आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिलाउन र अलिकति पैसा कमाउन राजनीतिमा संलग्न हुन्छन् । चलचित्रमा राजनीतिमा इमान्दार व्यक्तिहरु कसरी राजनैतिक नेतृत्वबाट प्रयोग गरिन्छन् भन्ने कुरा देखाइएको छ।

Share.

Leave A Reply