१३ वैशाख २०८१

एनआरएनए स्विट्जरल्याण्डको आईसिसि सदस्यमा धर्म गुरुङको उम्मेद्वारी घोषणा

0

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको यहि ३ तारीख बेर्नमा हुन गईरहेको निर्वाचनमा आईसिसि सदस्य पदको लागि धर्म गुरुङले उम्मेद्वारी घोषणा गरेका छन्।

सबै संगको अनुभव, भावना र बिचार लाई उच्च सम्मानका साथ हातेमालो गर्दै नयाँ उत्साह र नयाँ सोच लिई स्वच्छ बिचारले समाज सेवा गर्ने प्रतिबद्धताका साथ आईसिसि सदस्य पादमा उम्मेद्वारी घोषणा गरेको गरुङले बताए।

गैर आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको कार्यालय स्विट्जरल्याण्डमा स्थापना गर्नको लागि प्रयास गर्ने र बिद्यार्थोहरुले पनि गरै-आवासीय नेपाली संघ निर्वाचनमा भाग लिन पाउने गरी बिधान संसोधनको प्रस्तावमा जोड दिने उनले जानकारी गराए।

धर्म गुरूङ गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका २०११-२०१३ का  पूर्व उपाध्यक्ष र २०१३-२०१५ का पूर्व अध्यक्ष हुन्।

एनआरएनए स्विट्जरल्याण्डको आईसिसि सदस्य पदमा धर्म गुरुङको उम्मेद्वारी घोषणा

आदर्णीय दाजु भाई दिदीबहिनिहरू संघ संस्थाको अध्यक्ष ज्यु,संचारकर्मी ज्युहरु तथा सज्जन बृन्दहरुमा म धर्म गुरुङ तर्फबाट हार्दिक नमस्कार गर्न चाहान्छु । नेपालीहरुको साझा संस्था एन आर एन ए स्विटजरल्याण्डको रास्ट्रीय सम्मेलन आउंदो सेप्टेम्बर ३ मा हुँदै छ । र मैले एन आर एन ए स्विटजरल्याण्डको आगामी २०१७ -२०१९ को लागि आइ सी सी पदमा उमेद्वारीको घोषणा गरेको सम्पूर्ण स्विसबासि नेपाली सामु जानकारी गराउन चाहान्छु ।
यहांहरुलाई अबगत भएकै कुरा हो एन आर एन ए स्विटजरल्याण्डको कार्यसमिति २०११ – २०१३ मा उपाध्यक्ष र २०१३-२०१५ मा संस्थाको अध्यक्षको जिम्मेवारी यहांहरु संग हातेमालो गर्दै सफलत पूर्वक निर्वाह गरेको पनि जानकारी गराउन चाहन्छु ।
मैले पदको जिम्मेवारी बहन गर्दै गर्दा मेरो अग्रतामा भएका विभिन्न गतिविधिहरुको जानकारी गराउन चाहन्छु ।
२०११-२०१३ – उपाध्यक्ष
१)सर्ब प्रथम स्विटजरल्याण्डमा फूटबल खेलको आयोजना गरेर संस्थाको हितमा काम गरेको ।
२) स्विसबासि नेपालीहरुलाइ हिउँदमा स्नो-फन कार्यक्रम गरि संस्थाको छबि उच्च बनाउने कार्य गरेको ।
३) पहिलो पटक एन आर एन ए स्विटजरल्याण्डको युरोप इस्तरी भेला जुरिचमा सम्पन्न गरेको ।

२०१३-२०१५ अध्यक्ष
१) मिर्गौल पिडित ओम माया राना मगर लाई ८६००० नेपाली रुपैयाँ सयोग गर्दै पहिलो पटक नेपालमा भएको केन्द्रको सम्मेलनमा अध्यक्षको सहभागी स्विटजरल्याण्डको तर्फबाट भाग लिन शुरुवात गरेको ।
२)अनिश खालिङ् राईको सयोगार्थ २०३६ स्विस फ्रान्क सहयोग गरिएको ।
३) वमेन फोरुमको गठन गरिएको  ।
४) नेपाल संग सम्बन्धित बिदेशी संस्था नोर्ला संग सहकार्य गरिएको ।
५) भुकम्प पिडितको लागि १८,००० स्विस फ्रान्क भन्दा बडी उठेको रकम केन्द्रमा पठाइएको ।
६) गैर आवासीय नेपाली संघको केन्द्रिय भवन निर्माणको लागि ६,००० स्विस् फ्रान्क भन्दा बढी सहयोग गरिएको ।
७) एन आर एन ए यूरोप स्तरिय फूटबल कप स्विटजरल्याण्डमा आयोजना गर्न सफल भएको ।
८) स्विसमा नेपाली फूडको प्रवर्धन शिव रिजाल ( ICC Member)जी को सक्रियतामा गरिएको ।

मेरो प्रतिबद्धता गैर आवासीय संघ स्विटजरल्याण्डको आइ सी सी पदको लागि किन ?
१) संस्थाको घर बनाउनको लागि र लाप्राक गाउँको लागि स्विटजरल्याण्डबाट सग्दो बढी सहयोग तथा सहभागी गराउने ।
२) सामुहिक लगानिको लागि प्रयास गर्ने ।
३) स्विटजरल्याण्डमा गैर आवासीय नेपाली संघस्विटजरल्याण्डको कार्यालय स्थापनाको लागि प्रयाश गर्ने ।
४) स्विटजरल्याण्डबाट अन्तरास्ट्रिय खेलमा सहभागी गराउन प्रयास गर्ने ।
५)लाप्राक भुकम्प पिडितहरुको लागि बनिरहेको घरको लागि स्विटजरल्याण्डबाट पनि सहभागी गराउने ।
६) नेपाली नागरिकता निरन्तर गर्नको लागि प्रयास गर्ने ।
७) बिधार्थीहरुले पनि निर्वाचनमा भाग लिन पाउने गरि बिधान संसोदनको प्रस्ताव गर्ने  ।

मेरा अनुभव सहित तपाईहरु संग भएको भावना र बिचारलाई उच्च सम्मानका साथ हातेमालो गर्दै नयां उत्साह नयां सोच लिइ स्वच्छ बिचारले समाज सेवा गर्ने प्रतिबद्धता गर्नुका साथै पुरा भरोसा र बिश्वास दिलाउन चाहन्छु । आगामी ३ सेप्टेम्बरको दिन हुन गैरहेको एन आर एन ए स्विटजरल्याण्डको पाँचौ रास्ट्रीय सम्मेलनमा तपाईहरुको अमूल्य भोटको अपेक्छा गर्दछु ।
धन्यावाद

भवदिय
धर्म गुरुङ
आइ सी सी सदस्य (उमेद्वार)
एन आर एन एन सीसी स्वीटजरल्याण्ड

Share.

Leave A Reply