०७ वैशाख २०८१

एनआरएनए, स्विट्जरल्याण्डको महासचिव पदमा शुक्र श्रेष्ठको उम्मेद्वारी घोषणा

0

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको यहि ३ तारीख बेर्नमा हुन गईरहेको निर्वाचनमा महासचिव पदको लागि शुक्र श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन्।

गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको २०१३-१५ को कार्यसमितिमा युवा संयोजक र ‎२०१५- २०१७ को कार्यसमितिमा कोषाध्यक्ष पदमा रहेर निस्पक्ष रुपमा आफ्नो भूमिका निभाउंदै आएको र अझ अघि बढ्ने सोच लिंदै नेपाली समाजमा केहि योगदान गर्न सक्छु कि भनेर सामाजिक कामको पाईला अगाडी बढाउने क्रममा आगामी ‎२०१७-२०१९ का लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेको श्रेष्ठले बताए।

स्विट्जरल्याण्ड स्थित सम्पूर्ण संघ सस्था सँग सहकार्य गर्दै सामुहिक सहभागिताको वातावरण सृजना गरी अघि बढ्ने भाषण कम काम धेरै गर्ने उनले जानकारी गराए।

बिगत एक दशक भन्दा बढी देखि स्विट्जरल्याण्डमा श्रीमती, एक छोरा र एक छोरिका साथ बस्दै आएको श्रेष्ठ गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका हालको कोषाध्यक्ष हुन्।

एनआरएनए, स्विट्जरल्याण्डको महासचिव पदमा शुक्र श्रेष्ठको उम्मेद्वारी घोषणा

आदर्णिय स्विसबासी नेपाली दाजुभाई दिदी बहिनीहरु, मेरा अग्रजहरु, बिभिन्न संस्थाका नेत्रित्वदायी ब्यक्तित्वहरुमा म शुक्र श्रेष्ठको नमस्कार !!

बिगत एक दशक भन्दा बढी देखि स्विटजरल्याण्ड बस्दै आएको छु I श्रीमती र एक छोरा एक छोरीका साथ जीवन अगाडी बढाउंदै आएको म शुक्र श्रेष्ठले एन आर एन ए स्विजरल्याण्डको महासचिव पदमा उमेदवारी घोषणा गरेको छु ।

स्विसमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको साझा संस्था एन आर एन ए स्विसको पाँचौ रास्ट्रीय सम्मेलन आउंदो सेप्टेम्बर ३ आइतवारका दिनमा  स्विटजरल्याण्डको राजधानी बर्न सहरमा हुँदै गरेको कुरा हामी सम्पूर्ण स्विसबासी नेपालीहरु जानकारी नै छ । उक्त सम्मेलनले अब अर्को नयां कार्यसमिती ‎२०१७-२०१९ को लागि निर्बाचित गर्ने छ। म स्विटजरल्याण्ड आएर स्थाई बसोबास गरेदेखि नै स्विसमा रहेका विभिन्न नेपाली समाज, संघ संस्थामा प्रत्यक्ष अप्रत्यक्ष्य रुपमा जोडिएको छु I यहा हुने प्राय हरेक जस्तो नेपाली गतिबिधिहरुमा आफ्नो सक्रिय भूमिका निभाउने कोशिस गरेको छु I एन आर एन ए स्विटजरल्याण्डको २०१३-१५ को कार्यसमितिमा युवा संयोजक I ‎२०१५- २०१७ को कार्यसमितिमा कोषाध्यक्ष पदमा रहेर निस्पक्ष रुपमा आफ्नो भूमिका निभाउंदै आएको पनि छु । अझ अघि बढ्ने सोच लिंदै एन आर एन ए स्विटजरल्याण्डमा रहेर नेपाली समाजमा केहि योगदान गर्न सक्छु कि भनेर सामाजिक कामको पाईला अगाडी बढाउने क्रममा आगामी ‎२०१७-२०१९ का लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेको हुँ ।

हालको कार्यसमितीले गरेको राम्रो कार्यहरुको निरन्तरता दिंदै कमि कमजोरीहरुलाइ सुधार गर्दै अनि नयां आउने कार्य समितीले तयार पार्ने ब्यबहारिक योजनालाई सरल रुपमा कार्यान्यन गर्न सहयोग गर्ने मेरो मुख्य जिम्मेवारी हुने छ।
हरेक अवसर एवम चुनैतीलाई अात्मसाथ लिने प्रण गर्दै मेरा प्रतिबद्धताहरु यहाँहरु सामु राख्दछु I

१-स्विटजरल्याण्ड स्थित सम्पूर्ण संघ सस्था सँग सहकार्य गर्दै सामुहिक सहभागिताको वातावरण सृजना गरि अघि बढ्ने I ,
२- स्विजरल्याण्डमा विभिन्न उद्देश्यले बस्नु हुने नेपालीहरुका समस्याको समाधानका लागि सक्दो पहल गर्ने I
३-संस्थालाई आर्थिक रुपमा बलियो बनाउन ,आपतमा परेका नेपालीहरुलाई तत्काल सहयोग गर्न, नेपालमा पर्ने विभिन्न प्राकृतिक समस्याहरु लगाएत एन आर एन ए को उद्यश्यहरुका लागि कार्य तयार पार्ने छु  I
4-  भाषण कम काम धेरै गर्ने प्रतिबद्ता गर्ने छु

Share.

Leave A Reply