१२ वैशाख २०८१

दर्पणले दिए एनआरएनए स्विट्जरल्याण्डको उपाध्यक्षमा उम्मेद्वारी

0

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको आगामी निर्वाचनका लागि   बिजय शर्मा दर्पणले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। विगत ६ बर्षदेखि स्विटजरल्याण्डमा रहदै आएका विजय शर्मा दर्पण मेरोजिल्ला डटकम अनलाईनका प्रमुख सम्पादक र नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डका प्रवक्ता रहेका शर्माले एनआरएनए स्विट्जरल्याण्डको आगामी कार्यकाल २०१७/२०१९ को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन।

स्विट्जरल्याण्डमा रहने सम्पूर्ण गैर आवासीय नेपालीहरुको आशा र भरोसाको केन्द्र रहेको एनआरएनए स्विसलाई अझ बढी सशक्त बनाउनका लागि आफू उम्मेदवार बन्न लागेको र आफुले विगतमा संचय गरेको अनुभव र स्विट्जरल्याण्ड निवासी नेपाली अग्रज तथा दाजुभाई एबम दिदीबहिनी हरुले दिएको माँया स्नेह: सद्भावले पाएको बिश्वास भरोशाले सबैको साथ सहयोग र समर्थनले २०१५/२०१७ को कार्यकालमा कार्यकारी सदस्य भई एनआरएनए स्विट्जरल्याण्डमा काम गर्ने शुभ अवसर पाएको उल्लेख गर्दै दर्पणले आगामी दिनहरुमा ससक्त भई उर्जाशील जोस,जागर र नयाँ कार्ययोजनाहरुको साथमा निरन्तररुपमा संस्थाको लागि लागिपर्ने बताएका छन।

बिजय शर्मा दर्पणको उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा

आदरणीय स्विसबासि नेपाली दाजु भाई तथा दीदि बहिनि हरु,

स्वीटजरल्याण्डमा नेपाली आप्रबासीको रुपमा प्रवेश गरि, मैले बिगत ६ बर्ष देखि सामाजिक सेवामा समंल्गन रही नेपाल र नेपालीको सेवा गरेको कुरा यहाँ हरु सबैमा जगजाहेर नै छ ।

स्वीटजरल्याण्डमा नेपाली पहिचान र संस्कृति विकासको लागि मैले गरेको योगदानको कदर गर्दै तपाईहरु सबैले गैरआवासीय नेपाली संघ स्वीटजरल्याण्डको नेतृत्व तहमा जान बिभिन्न सामाजीक संजाल मार्फत तथा फोन र इमेल मार्फत जोस,जागर र हौसलापूर्ण उच्च मनोबलको उर्जा प्रदान गर्नु भएकोमा यहाँहरुलाइ धेरै धरै धन्यवाद दिन चाहन्छु । साथै यहाँहरु सबैको अनुरोधलाई स्वीकार गर्दै गैर आवासीय नेपाली संघ स्वीटजरल्यान्डको आसन्न अधिवेसनमा मैले उपाध्यक्षको पदमा उम्मेदवारी दिन लागेको कुरा यहाँ हरु सबै लाइ अबगत गराउन चाहन्छु । स्वीसमा हामी नेपाली आप्रबासी हरु अघोषित नेपाली ब्रान्ड (एम्बेसेडोर) राजदूत हौ। हाम्रो हाउ भाउ ,हाम्रो कला, हाम्रो संस्कृतिले हाम्रो नेपाली पहिचान प्रदर्शन गर्दछ। तसर्थ स्विसमा जन्मेका र हुर्केका हाम्रा सन्तति हरु लाइ नेपाली भाषा र संस्कृतिको बारेमा शिक्षा दिनु अपरिहार्य छ । यसकारण एनआरएन स्विसले विभिन्न क्यान्टोनहरुमा नेपाली भाषा सिकाउने केन्द्र खोलि नेपाली भाषा तथा संस्कृति सम्बन्धि शिक्षा दिनु जरुरी छ ।

आदरणीय दाजु भाई तथा दिदीबहिनीहरु तपाईहरु सबै मान्यजनहरु मेरो प्रेरणाका स्रोत हुनु हुन्छ । अब यहाँहरु सबै संग छलफल गरी आगामी दिन हरुमा म मेरो भाबी नीति तथा कार्यकमहरु प्रकाशमा ल्याउने छु । आशा छ यहाँ हरु सबै ले यस एनआरएनएको अभियानलाई अझ प्रभाबकारी बनाउन मलाई सहयोग गर्नु हुने छ । यहाँहरुको सहयोगबाट नै म मेरो गन्तब्यमा पुग्न सफल हुनेछु । मेरो गन्तब्य भनेकै एनआरएनए स्वीटजरल्याण्डलाई सबैको पहुज सम्म पुराउने र संघको संस्थागत बिकास गर्ने, हरेक नेपालीहरुको हितको हक आधिकारको लागी स्वदेश तथा स्विसमा आवाज उठाउने र नेपालीको लागी नेपाली तथा एक पटकको नेपाली सधैको नेपाली भन्ने कथानलाई आत्म साथ गर्दै स्विसमा रहने सम्पूर्ण नेपाली समुदायको एकता अखण्डतालाई अझ धेरै बलियो बनाउने हो स्विस सरकार र नेपाल सरकारमा कानुनी मान्यता प्राप्त गरेको एनआरएनए स्विस तपाई हामी सबै को आशा र भरोसाको केन्द्र पनि हो। त्येसैले स्विसमा स्थानीय तथा राष्ट्रिय स्तरमा कार्यरत सम्पूर्ण संघ संस्थाहरुसित कार्यगत एकता सहमति सहकार्यका साथमा हाते मालो गर्दै एनआरएनए स्विसलाई सबैका भावना र बिचारलाई उच्च सम्मान गर्दै सम्पूर्ण नेपालीहरुको अपनोत्व महशुस हुने गरी छाता र साँझा संगठनको निर्माण गर्ने पुरा भरोसा र बिश्वास दिलाउन चाहन्छु। धन्यवाद !

भवदिय

बिजय शर्मा दर्पण

उपाध्यक्ष (उम्मेदवार)

एनआरएन एनसीसी स्वीटजरल्याण्ड

Share.

Leave A Reply