१२ वैशाख २०८१

आगामी मंशिरमा प्रदेशसभा र संसदको निर्वाचन गर्ने सरकारको घोषणा

0

यसै वर्षको माघ ७ गतेभित्र सबै निर्वाचनहरु सम्पन्न गरिसक्नु पर्ने दबाब रहेको बर्तमान सरकारले आगामी मंशिर महिनामा प्रदेश सभा र संसदको निर्वाचन सम्पन्न गर्ने घोषणा गरेको छ ।
सोमबारट बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
३१ जिल्लामा पहिलो चरणमा र बाँकी जिल्लाहरुमा दोश्रो चरणमा गर्ने गरी निर्वाचन आयोगले मंशिर ४ गते र २१ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको भए पनि प्रमुख राजनीतिक दलहरुका सुझावका आधारमा सरकारले एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो ।
निर्वाचनको मिति घोषणा लगत्तै आफ्नो धारणा सार्वजनिक गर्दै एमालेले घोषणाको स्वागत गरेको छ भने निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक कानुन निर्माण गर्नु पर्ने कुरालाई जोड दिएको छ ।
उता सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंशिर १० मा दुबै तहको निर्वाचन गर्ने निर्णय भएको बताए ।

Share.

Leave A Reply