१५ चैत २०८०

इन्टरनेट मार्फत अब घरमै बसी बसी बिजुलीको बील तिर्न सकिने

0

नेपाल विद्युत प्राधिकरणले इन्टरनेट मार्फत बिजुलीको बील भुक्तानी गर्न सकिने नयाँ व्यवस्था लागु गरेको छ ।
सोमबारदेखि प्राधिकरणले यो सेवा शुरु गरेसँगै अब प्राधिकरणका ग्राहकहरुले महशुल भुक्तानीका लागि शाखा कार्यालयहरुमा गएर लामो लाईन बसिरहनु नपर्ने भएको हो ।
प्राधिकरणले शुरु गरेको उक्त सेवाको शुरुआत गर्दै प्राधिकरणको लगनखेलस्थित शाखाका ग्राहकहरुले सोमबारदेखि इन्टरनेट मार्फत बील भुक्तानी शुरु गरेका हुन् । सोमबारबाट शुरु गरिएको उक्त सेवा आगामी १५ दिनभित्रमा उपत्यकाका सबै ग्राहकहरुसम्म उक्त सेवा पुर्याउने योजना रहेको प्राधिकराणले जनाएको छ ।
इन्टरनेट सेवा मार्फत अनलाईबाट भुक्तानी गर्न सकिने उक्त सेवा अहिलेलाई प्रभु बैंक, महालक्ष्मी बैंक, सिटी एक्सप्रेस, ईसेवा, पेप्वाइन्ट प्रा.ली र सिएफएस रेमिट प्रा.ली.का जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिने जनाइएको छ । त्यसैगरी प्राधिकरणको उक्त भुक्तानी किओस्क, मोबाईल एप र पोस डिभाईसबाट पनि तिर्न सकिने बताइएको छ ।
यो सेवा बिस्तारसँगै देशभरका बिभिन्न बैंक, रेमिट्यान्स कम्पनी, मोबाईल र वालेट सर्भिस प्रोभाईडर लगायतका करिब १५ हजार शाखाबाट बिजुलीको बील तिर्न सकिने प्राधिकरणले जनाएको छ ।

Share.

Leave A Reply