०६ चैत २०८०

क्याम्पिंग सहित खुल्ला आकाश मुनि नेपाली चलचित्र “धनपति” देखाइने। उठेको सम्पूर्ण रकम नेपालको दुर्गम क्षेत्रको बिद्यालयलाई सहयोग

0

स्विटजरल्याण्डबासि नेपालीहरुले समय अनुसार विभिन्न नौला कार्यक्रमहरु गर्ने क्रममा यही आउँदो महिनाको शनिवार २६ गते बेलुका खुल्ला आकाश मुनि नेपाली कथानक चलचित्र देखाइने भएको छ ।
बिदेशी र बालबालिकाहरुका लागि एक छोटो वृत्तचित्र देखाइने छ, भने नेपाली अभिभावकहरुका लागि नेपाली कथानक चलचित्र “धनपति ” देखाइने भएको छ । चलचित्रबाट उठेको सम्पूर्ण रकम नेपालको दुर्गम क्षेत्रको बिद्यालयमा सहयोग गरिने भएको छ।
नेपाली चलचित्रको स्थान नेपालमा मात्र नरही विश्व सामु चिनाउन लागि परेका हाम्रा कला प्रेमी सम्पूर्ण नेपालीहरुलाई हामी स्विसबासि नेपाली मार्फत पनि साथ रहेको जानकारी गराउंदै कार्यक्रमबाट उप्रेको रकम बिभिन्न उदेश्य झैँ यस पटक भने दोलखा जिल्ला र सोलुखुम्बुको बिद्यालयमा सहयोग गर्न उक्त ओपेन एअर फिल्म र क्याम्पिंग कार्यक्रमको आयोजना गरिएको हो ।
शनिवार २६ अगस्त बेलुका खुल्ला आकाश मुनि चलचित्र देखाइने कार्यक्रम (Open air movie ) रहेको छ भने आइतवार २७ अगस्तका दिन खेलप्रेमी साथीहरुका लागि भलिवल कार्यक्रम रहेको आयोजकले जानकारी गराएको छ।
कार्यक्रम जानकारी
मिति : २६ र २७ अगस्त २०१७
– क्याम्पिंग २६ र २७ अगस्त (शनिवार देखि आइतवार बेलुका सम्म)
– ओपेन एअर फिल्म देखाइने – २६ अगस्त बेलुका २० :०० बजे बाट
शुल्क : ५० फ्रान्क -( क्याम्पिंग,ओपेन एअर फिल्म,बेलुकाको नेपाली खाना र ब्रेकफास्ट गरि )
: १२ बर्ष सम्मको बालबालिकाहरुलाइ निशुल्क
: खाना खाने समय बेलुका १८:०० बजेबाट
फिल्म : एक वृत्तचित्र र नेपाली कथानक चलचित्र “धनपति ”
स्थान : Berghütte sc skylla Schmutzberg Eptingen
सम्पर्क :
पुला शेर्पा : ०७६ ३९६ ७८ ८८
राम परियार : ०७६ ३३४ ६५ २६
निराजन श्रेष्ठ : ०७८ ६२५ १७४४
बिदुर संग्रौला : ०७८ ७२८ ८४ ४६
गोपाल तामांग :०७९ ९५८ १६ ९७
(नोट : टेन्टमा सुत्न नचाहनेहरुलाइ घर भित्र बेडमा पनि ब्यबस्था रहेको छ र त्यसको लागि अतिरिक्त शुल्क १० फ्रान्क लाग्ने छ । सिट लिमिट रहेको कारण कृपया आयोजकलाइ जानकारी गराउनुहुन अनुरोध गरिन्छ -धन्यवाद)

Share.

Leave A Reply