०८ वैशाख २०८१

पोर्चुगलमा २३औ विश्व आदिवासी दिवस भब्यरुपमा मनाईयो

0

वाईवि तमू , लिस्वन। विश्व आदिवासी दिवसको अवसरमा राजधानी लिस्वनमा नेपालका आदिवासी जनजातीहरुले एक विशेष कार्यक्रम गरि २३औँ विश्व आदिवासी दिवस भब्य रुपमा मनाईयो ।
“अधिकार,प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान,पहिचानको संघियताकोलागि संसोधन हाम्रो साझा अभियान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपालमा आदिवासीहरुको हक,अधिकार सुनिश्चित गर्नकालागि आदिवासी जनजाती महसंघ,पोर्चुगलले प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नु पर्छ भन्दै यहाका आदिवासी अगुवाहरुले सामुहिक प्रतिबद्दता जाहेर गरेका छन् ।

प्रमुख अतिथि गैर आवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य, पोर्चुगलका लागि नेपाली पर्यटन दूत तथा आदिवासी  जनजाती महासंघ,पोर्चुगलका संरक्षक रमेश कुमार गुरुङ,गैर आवासीय नेपाली संघ,पोर्चुगलका अध्यक्ष भिम केसी कमल,नेपाली नारी  समाज,पोर्चुगलकी  अध्यक्ष सीता बराल र  कार्यक्रमका सभापति तथा आदिवासी जनजाती महासंघ,पोर्चुगलका अध्यक्ष नर भूपाल राई द्वारा दिप प्रज्वलन गरि विधिवत रुपमा  कार्यक्रम उद्घाटन गरिएको थियो ।

नेपाली राष्ट्रिय गीत,आदिवासी जनजाती राष्ट्रिय गीत तथा नेपालका ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारणा गरि कार्यक्रमको सुरुवात गरिएको थियो ।

आदिवासी जनजाती महासंघ,पोर्चुगलका  उपाध्यक्ष हेम गुरुङ द्वारा कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई सस्थाको तर्फबाट स्वागत मनतब्य राखेका थिए भने कार्यक्रम महासचिव मदन लिम्बुले संचालन गरेका थिए ।

पोर्चुगलको नेपाली समुदायमा  शक्रिय महासंघका मार्ती सस्थाहरु तमु समाज,पोर्चुगल,मगर समाज,तामाङ समाज,शेर्पा संघ,किरात समाज,नेवा पुचः,किरात याख्खा चुम्लुङ्ग,समाजका अध्यक्षहरुले कार्यक्रमको सफलताको लागि सुभकामना प्रदान गरेका थिए भने अन्य संघ सस्थाको तर्फबाट जन सम्पर्क समिति,पोर्चुगलका उपाध्यक्ष शुसिल शर्मा गैरे, नेपाली प्रवासी मंच,पोर्चुगलका अध्यक्ष गोबिन्द पौड्याल,जन  प्रगतिशील मंच,पोर्चुगलका अध्यक्ष नारायण प्रसाद शर्मा,नेपाली संघिय समाज फोरम,पोर्चुगलका उपाध्यक्ष कुमार योञ्जन,नया शक्ति,पोर्चुगलका अध्यक्ष धन राज शेर्पा लगाएतका वक्ताहरुले कार्यक्रमको सफलताको सुभकामना प्रदान गरेका थिए ।

विशेष अतिथि द्वय  गैर आवासीय नेपाली संघ,पोर्चुगलका अध्यक्ष,भिम केसी कमल तथा नेपाली नारी समाज,पोर्चुगलका अध्यक्ष सीता बराल द्वयले २३औ विश्व आदिवासी दिवसको अबसरमा नेपालका आदिवासी जनजातिहरुको हक अधिकारका सबालमा एक्यवाद्दता जनाएका थिए ।
दुई चरणमा सम्पन्न भएको उक्त कार्यक्रमको पहिलो चरणको कार्यक्रममा नेपाल  आदिवासी जनजाति महासंघ,पोर्चुगलको साधरण सभा गरिएको थियो । उक्त साधारण सभामा महासचिव मदन लिम्बु तथा कोषाध्यक्ष तारा तमुस्यो द्वयले सस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन पढेर सुनाएका थिए , महासचिव  तथा कोषाध्यक्ष द्वयले प्रस्तुत गरेको  दुई प्रतिवेदन माथि गम्भीर छलफल भएको थियो ।
सस्थागत सुधार देखि मातृ सस्थाहरु संगको एकता र सहकार्य विना महासंघले गति लिन नसक्ने भन्दै एकआपसमा सहयोग र सहकार्य गर्दै अगाडि बढ्ने संयुक्त प्रतिबद्दता जाहेर गरिएको थियो । कार्यक्रममा पोर्चुगलमा वसोवास गर्दै आएका तथा पोर्चुगलको नेपाली समाजमा उल्लेख्य योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरुमा आदिवासी जनजाती महासंघ,पोर्चुगलका संरक्षक तथा शेर्पा एशोशियाशन पोर्चुगलका संरक्षक पेम्बा शेर्पा, गत महिना सर्वोच्च शिखर सगरमाथामा पोर्चुगलको झण्डा बोकेर शिखर चड्न सफल शिखर पुरुष  कर्मा  शेर्पा, नेपाली धावक आइत तामाङ्ग तथा पोर्चुगलका लागि नेपाली पर्यटन दूत रमेश कुमार गुरुङलाई सम्मान गरिएको थियो ।

दोस्रो चरण अन्तर्गत भएको  सास्कृतिक कार्यक्रममा गुरुङ , मगर , तामाङ, किरात सस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो भने युवा गायक प्रस्ताव तामाङले आफ्नो गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सहभागी कलाकारहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।सास्कृतिक कार्यक्रम पत्रकार पेम्बा गेलु शेर्पाले संचालन गरेका थिए ।

Share.

Leave A Reply