०८ वैशाख २०८१

धोको

0

-डिल्ली अम्माई
हिजो एकजना साथि बाटोमा भटिए
केजातिको चुनाबको कुरो निकाल्दै
मुखबाट फिँज र बाछिटाको बर्षा गर्दै
रमाउदै आफ्नो फैसला सुनाउन कस्सिए
झोले अभियान्ताले  मुख खोले
“…………………… के भन्नु र खै मित्र ?

ठुलो पदमा जाने इच्छा जाग्दै आयो ,
मन भित्रै पाकिरहेको चाहनाको उचेरा गयो  ,
अब म के गरु साथि ,” उनले सोधे
मैले बुझें र भनें  –
” धुलो  टक्टक्याउन भएपनि
जाउ साथि जाउ
मिले जति नखाउ
अलिक अड्कलेर खाउ
सकिन्छ  गरेर देखाउ
तर नाटक देखाएर पैसा न उठाउ,”
सोचें – “कस्तो जमाना आयो
पहिले त कामले पदलाई खान्थ्यो ,
अहिले पदले कामलाई खाँदै छ  ,
उहिले काम गर्नु पर्छ भन्थे ,
यता दौड उता दौड भाग दौडको बिच,
रित्तो हात र पसिना लिएर ,
सुइय गर्दै घर आउथे स्वजनहरु  ,
घरको कच्कचको बीच  ,
निजी काम लथालिंग,
काममा बिकेको थियो नाम ,”
यता सोच्दा सोच्दै
मन रित्तिदै थियो मेरो
उनि बिचैमा बड्बडाउन थाले ,
“अचेल त मजा छरे पदमा ,
घाम लागेको दिन झै छ रे साथी !
सँगैका साथीले दुईवटा अध्यक्ष खायो  !
सबै जनाबाट स्यावासीको त कुरै छोडौ,
मिडियाको ब्यानर न्युजमा उसको नाम आयो  !
खादाको त कुरै छोडौ
दोकान छ रे घरमा ,!!”
मैले भनें ,
“के काम त्यो खादाको,
अनी बिना काम सम्मानको ?”
उनले थप्दै थे कुरो
“त्यही खादा अर्कोलाई काम लाग्छ रे !
उनीभन्दा पछी कि बहिनिको त के कुरा गर्ने,
चारवटा त उपाध्यक्ष पारि सकिन  रे खल्तिमा !”
उनले आक्रोश पोखे,
“एउटा अध्यक्ष पदमा साथीहरुले नसोचे ,
बिद्रोह हुन्छ रे बिद्रोह !
आन्दोलनको आँधी चल्छ रे !
काम मुखले गर्ने जमानामा ,
किन पछि हट्ने ?”
मलाइ पो जोसाउन थाले
मुड्की टेबलमा पछारे र कुर्ले ,
“कति अरुलाई मात्र गर्ने !
रहर जागेर आयो साथी !
झोली थापेकोछु पदको ,
अव अध्यक्ष पाइयो भने  खाइन्छ ,
खादा लगाइन्छ ,सभा सम्मेलन धाइन्छ ,
टल्कने ब्याच सँगै
कोट र टाइको बिचमा खिप टल्काउदै
टुरिष्ट नेताहरुलाई घरमै बोलाइन्छ ,
आफुलाई लगाइदिएको खादा गोदामबाट
एउटा खादा झिकिन्छ र नेतालाई पुन:लगाइन्छ !
अध्यक्ष झ्याप्प दिएनछन भने ,
सचिवमा पनि सजिलै छ रे काम गर्न ,
त्यसमा ‘महा’ शब्द थपेर
हुन्न भनिदैन महासचिव भइन्छ !
अध्यक्षले भन्दा बोल्न धेरै पाइने,
साठि सत्तरीवटा संघ-संस्थालाई ,
बोलायो, उठायो, थचार्यो ,
फेरी मुस्कुरायो … कुरो मिलायो  ,
डकार्नलाई ठाउँ भुसुक्कै पाइने !
जिब्रो पड्काएर काम कती हुने हुने !!
सुसेलेर थकाइ मार्न पाइने
अनि भबितब्यमा रम्भा नाच

राहतको पोको सिरानीले च्याप्दा
निद्रा पनि भुसुक्कै लाग्ने
पदमा रहिन्ज्याल
चौअन्नीको दु:ख नपर्ने
हिसाबको कुरो
हुस्किको नशासँगै
रमझममा गरेनी हुने
बुध्दी बिग्रेर दसकसम्म
पदको होस नै आएन ;
सके जती त गर्ने हो भनियो ,
अहिले मान्छे घेरै छन लोलुप,
हरी ॐ तत्सत ! के गर्ने होला ?”
उनले हाले गजबको सुस्केरा
म त उनको गफैमा टोलिएँ
उनले चाहनाको बिलौना पोख्दै गए
“ठुलो पदमा परीने हो कि नपरिने हो !
अनुरोध छ साथीहरुलाई ,
महासचिवमा पछी बिचार गरौला ;
सदस्यमा हुँदै हुन्न भंदियाछु  ,
अध्यक्षमा नहुने कुरै छैन ,
सल्लाह गरौ, अझै दिन बाँकी छ ;
मन मनै लागिराछ साथी हो ,’
उनले थर्काउन थाले ,-
‘अध्यक्ष पाइयो भने
दाँया बाँया हेरिन्न,चिरिप्प पारिन्छ
त्यहि पदमा दाबि गर्नेको
आवस्यक परे  बंगारा झारिन्छ
मत नपुगे पुरानो लिस्टबाट
बरु आँफै शुल्क तिरेर
नयाँ नाम लिस्टहरु सरक्क सारिन्छ
सहमतिको जुवा हलहरुमा नारिन्छ
स्वतन्त्र स्वन्त्र भन्दै नारा लगाएर
परतंत्रिको लिङ्गबाट
एकमुठी गहुँत मागेर
पौवालिहरुलाई सुनपानी हालिन्छ
यो पटक अध्यक्ष पाइयो भने चिरिप्प पारिन्छ
खादा लाइन्छ संस्थाहरुमा अतिथी हुन ,
एक जोर सुट पक्कै सिलाइन्छ !!!
निहुँ खोजे जोरीपारीले
मुखबाट प्वाक्क बंगारा झारिन्छ ।

अस्तु:

Share.

Leave A Reply