०६ वैशाख २०८१

सपीला राजभण्डारीले “युरोप बर्ष व्यक्तित्व” सम्मान किन पाईन्?

0

फ्रयाङ्कफर्ट/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत महिला फोरम संयोजक सपीला राजभण्डारी युरोप बर्ष व्यक्तित्व बनेकी छन्। युरोपबाट संचालित अनलाईन पत्रिका नेपालीनेपाली डटकमले हरेक बर्ष प्रदान गर्दै आएको सम्मान यस बर्ष राजभण्डारीले प्राप्त गरेकी हुन्।

जर्मनीको फ्रयाङ्कफर्टमा शुक्रबार सम्पन्न एक बिशेष समारोह बीच राजभण्डारीलाई प्रमुख अतिथिको रुपमा जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले सम्मान गरेका छन्। सो समारोहमा बिशेष अतिथिका रुपमा गैर आबासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो,बर्तमान अध्यक्ष शेष घले तथा पुर्ब अध्यक्ष जीवा लामिछाने पनि सहभागी थिए।

सन् २००६ मा एनआरएनए रसियाको उपाध्यक्ष,, सन् २००९ मा अन्तराष्ट्रिय समन्वय परिषद सदस्य हुँदै २०१३ यता लगातार दुई कार्यकालसम्म एनआरएन महिलाहरुको नेतृत्व राजभण्डारीले सम्हालेकी छन्।

एनआरएन महिलाहरुको संजाल ३४ देशबाट बढेर हाल बिश्वका ६० वटा मुलुकहरुमा पुगिसकेको छ। उनले युरोप, अमेरिका, एसिया र मध्यपुर्वका गरी २५ वटा राष्ट्रहरुमा आफै पुगेर महिलाहरुसँग अन्तर्कृया समेत गर्न भ्याईन्। ,महिला सशक्त्तिकरण कार्यक्रमहरु देखि संघको संस्थागत विकास, संयुक्त्त लगानी,भुकम्प पछिको उद्दार तथा पुन:निर्माणको काममा पनि उनि सक्रिय रुपमा नै सहभागी छिन्।

मुलुकमा बिनाशकारी भुकम्प पछि तत्काल नेपाल पुगेको एनआरएन स्वयमसेवक टोलिमा समेत ७० प्रतिशत महिलाहरुको सहभागिता थियो। महिला फोरमको नेतृत्वमा “गुन्यु-चोलो कार्यक्रम” ले भूकम्प पिडित महिलाहरुले राहत पाएका छन्। कार्यक्रम अन्तर्गत १ हजार २ सय भन्दा बढि महिलाहरुले सारी, लुङगी, सल तथा खाद्यान्न सामग्री प्राप्त गरेका छन्।

महिला सशक्त्तिकरणमा महिला स्वास्थ्यको महत्व ठान्दै फोरमले आङखस्ने रोगवाट ग्रसित, बिकट तथा गाम्रिण भेगका महिलाहरुलाई लक्षित गर्दै कार्यक्रमहरु सम्पन्न गरेको छ। सप्तरी, कैलाली, कन्चनपुर, दैलेख जिल्लाका विकट ठाउँहरुमा सम्पन्न भएका स्वास्थ्य शिविरहरुबाट १ हजार ९ सय ८८ जना महिलाहरुको स्वास्थ्य परिक्षण गरेका छन्। यस्तै हालसम्म आङखस्ने रोगबाट पीडित २ सय ३२ जना जना महिलाहरुको सफल शल्यक्रिया पछि उपाचारको काम समेत सम्पन्न भएको छ।

महिला हितको लागि बेल्जियमको महिला फोरमले सुरु गरेको “एक युरो” प्रोजेक्ट हालसम्म तीस वटा राष्ट्रहरुमा बिस्तार भईसकेको छ। ग्रामिण तथा बिकट ठाउँका बिपन्न महिलाहरुको घाउँमा कुनै न कुनै रुपमा मल्हम लगाउने काम एनआरएन अभियान कै एक मुख्य हिस्सा महिला फोरमले गरिरहेको छ।

अभियानको नेतृत्वमा राजभण्डारीले लेखेको भूमिका प्रंशसा योग्य छ। मस्को स्टेट युनिभरसिटिबाट ईन्जिनियरिङमा स्नाकोत्तर र रसियन प्रेशिडेनसियल अकाडेमि अफ ईकोनिमि एण्ड पब्लिक एडमिनिस्ट्रेसन बाट एम.बि.ए. सम्मको अध्ययन पुरा गरेकि राजभण्डारी एक सफल महिला ब्यवसायीको रुपमा पनि परिचित छिन्। महिला सशक्तिकरणको क्षेत्रमा पुर्याएको योगदानको, उच्च कदर गर्दै राजभण्डारीलाई सम्मान गरेको प्रधानसम्पादक बसन्त रानाभाटले बताए।

Share.

Leave A Reply