१२ वैशाख २०८१

रुपन्देही सेवा समाज युएईद्वारा तीजको कार्यक्रम गरिने

0

लालबहादुर ढेंगा, दुबई, युएई
आगामी १८ अगस्त शुक्रबारका दिन दुबईको होलीडे ईन होटलमा नेपालबाट आउने अतिथि कलाकारहरुका साथ ख्यातिप्राप्त स्थानीय कलाकारहरुको वेजोड प्रस्तुतीमा “तीज बिशेष साँझ २०७४” सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने भएको छ । सो कार्यक्रम महिलाहरुको महान पर्व तीजको अवसर पारेर रुपन्देही सेवा समाज युएईले पनि गर्न लागेको हो ।
उक्त कार्यक्रममा नेपालबाट आउने अतिथि कलाकारहरु चर्चित लोक गायक खुमन अधिकारी, लोक गायिका निर्मला थापा मगर र नायिका, मोडल तथा नृत्यगना बिना थापाका साथ ख्यातिप्राप्त स्थानीय कलाकारहरु भुवन मगर, कमल बिक, नरेन सापकोटा, बाबुराम परियार, सोनु राना, सुदीप गैरे, हरि डुम्रे, नविन अर्याल, शानिका थापा र अर्जुन न्यौपानेको प्रस्तुतीहरु रहने छ ।
महिलाहरुको पर्व नजिकिदै जांदा युएईमा तीजको चहलपहल तिब्र रुपमा बढ्न थालेको छ । तयारीका लागि बजारमा महिलाहरुको घुईचो लागेको देख्न सकिन्छ । वैदेशिक रोजगारीका सिलसिलामा प्रवासको भूमिमा रहेता पनि यसपालिको तीजमा भने नेपालबाट आउने कलाकार खुमन अधिकारी, निर्मला थापा र बिना थापाका साथ छमछम्ती नाचेर माईतीको सम्झना मिटाउने भएका छन् । यस कार्यक्रमका लागि युएईस्थित कार्यरत दाजुभाई तथा दिदीबहिनीहरु निकै उत्साहित भएको पाईन्छ ।
नेपालबाट आउने अतिथि कलाकारहरु युएईको दर्शकहरुका लागि नौलो होईन, खुमन अधिकारी पाचौं औं पटक आउंदै छ भने निर्मला थापा मगर दोस्रो पटक आउंदै छ । त्यसैगरी बिना थापा पनि तेस्रो पटक आउने भएको हो । परिचित कलाकारहरु भएकाले धुलो उडाउने पूर्व तयारी भएको पाईन्छ । कार्यक्रम हुने विशाल हलमा नाच्न र बस्नको लागि बिशेष व्यवस्था पनि गरिएको छ ।
सन् २०१४ मा रुपन्देही वासीहरुको पहलमा स्थापना भएको रुपन्देही सेवा समाज युएईले स्थापनाकालदेखि उद्धार कार्यहरुमा आफ्नो सहभागिता जनाउंदै विभिन्न पर्वहरु पनि मनाउंदै आएका छन् । आयोजक समिति कार्यक्रम तयारीका लागि सशंक्त रुपमा लागिपरेको छ । कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा रहेको जानकारी अध्यक्ष हरिप्रसाद चापागाईले दिएको छ । यसै समाचारको आधारमा उपस्थितिका लागि सबैलाई आग्रह समेत गरेको छ ।

Share.

Leave A Reply