१३ वैशाख २०८१

क्याम्पिड. कार्यक्रमको अन्तिम तयारी सम्पन्न

0

 

यही २९ र ३० तारिखमा गर्न लागिएको क्याम्पिड. कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

बार्रवानवाल्डमा हुने क्याम्पिड. कार्यक्रममा उपस्थित हुने सहभागीहरुका लागि विशेष अनुरोध गर्दै कार्यक्रमका आयोजक फुला शेर्पा तथा राम परियारले कार्यक्रमस्थल सम्म पुग्न आफ्नै सवारी साधन लिएर आउनु हुने महानुभावलाई आफ्नो सवारी साधन लिन्थल Linthal मा पार्किड. गर्न आग्रह गरेका छन्।

त्यसैगरी उहाँहरुका अनुसार क्याम्पिड. गर्ने स्थान सवारी साधन निषेधित ईलाका भित्र पर्ने हुँदा त्यहाँबाट केबलकार मार्फत Braunwald सम्म र त्यहाँदेखि पैदल यात्रा गरी वा फेरि अर्को केबलकार प्रयोग गरेर क्याम्पिड. स्थलसम्म पुग्न सकिनेछ । Braunwald देखि क्याम्प साईडसम्म पैदल यात्रा गरेर जाँदा करिब ३५ मिनेट जति समय लाग्दछ । साथै उक्त Braunwald बाट ट्याक्सी प्रयोग गरेर पनि उक्त क्याम्पिड. साईडमा पुग्न सकिन्छ । ७ जना यात्रु क्षमता भएको उक्त ट्यक्सिको भाडा ४० स्वीस फ्रैंक पर्दछ । त्यसैगरी केबलकारको भाडा Linthal-rotzenbGuhlreturn back from Braunwald, Audult 15, 10 SFR with halfcard Children 12,10 SFR पर्दछ । सहभागीहरु समूह मिलाएर आउँदा केबलकार र ट्याक्सीको भाडादर सस्तो पर्नुका साथै समूहमा यात्रा गर्दा यात्रा रोमाञ्चक बन्ने समेत आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा आउनेहरुसँग यदि त्रिपाल छैन भने उनीहरुका लागि टिप्पीको पनि व्यवस्था गरिएको छ तर त्यसका लागि आयोजकलाई पूर्व जानकारी गराउन नबिर्सन आयोजकले बताएका छन् । Braunwald को चिसो हावापानीमा उब्जिएको ताजा सागसब्जीको तरकारी र Braunwald मै फलाइएको गोलभेडा र खुर्सानीको अचारको साथमा बेलुकी दालभात र कुखुराको मासु सहितको मीठो परिकार खुवाइनेछ भने बिहान नेपाली चियाको साथमा नेपाली खाजाको पनि व्यवस्था गरिएको छ । उक्त साईटमा सम्पूर्ण पेय पदार्थहरु सुपथ मूल्यमा क्याम्पिड. स्थलबाट नै खरिद गर्न सकिने समेत जनाइएको छ ।

Share.

Leave A Reply