०७ वैशाख २०८१

स्विटजरल्याण्डमा नेपाली फुटबल प्रतियोगिता सम्पन्न

0

२४ जुलाई २०१७, स्विटजरल्याण्ड । जुरीख नेपाली स्पोर्टस् क्लबले हिजो उस्टर शहरमा आयोजना गरेको रनिङ शिल्ड फुटबल प्रतियोगितामा पिस क्लब जुरीखको टिम विजयी भएको छ । स्विटजरल्याण्डबासी नेपालीहरुको चार फुटबल टिमहरुको सहभागिता रहेको उक्त्त प्रतियोगितामा जुरीख नेपाल स्पोर्टस् क्लब दोस्रो, जन-सम्पर्क समिति स्विटजरल्याण्ड तेस्रो र गैर-आबासीय नेपाली संघ स्विटजरल्याण्डको टिम चौंथो भए । आयोजक क्लबका अध्यक्ष देव राई तथा पदाधिकारीहरु लोकेन राना, काजी शेर्पा र नारायण थापाले विजयी टिमलाई रनिङ शिल्ड र खेलाडिहरु लाई टक्मा र प्रमाण-पत्रहरु प्रदान गरे । साथै, अध्यक्ष राईले कार्यक्रमका सहयोगि एवं स्पोनसर गर्ने ब्यक्त्ति र संघ-संस्थाहरुलाई घन्यबाद ज्ञापन गरे ।

सहभागि टिमका टिम क्यापटेनहरु:

पिस क्लब जुरीख: निमा गुरूङ

जुरीख नेपाल स्पोर्टस् क्लब: काजि शेर्पा

नेपाली जन-सम्पर्क समिति स्विटजरल्याण्ड: तिलक थापा मगर

गैर-आबासीय नेपाली संघ स्विटजरल्यण्ड: अर्जुन बस्टाकोति

Photo: Marius Hirling

Share.

Leave A Reply