१३ वैशाख २०८१

जुरीखको बुखेग प्लाजमा कान्टोन स्तरीय भलिबल प्रतियोगिता हुने

0

२९ जुन २०१७, स्विट्जरल्याण्ड। नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डको आयोजनामा जुरीखको  बुखेग प्लाजमा कान्टोन स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ। समितिले एक सुचना जारी गर्दै आगामी ६ अगष्ट २०१७ आइतबारका दिन जुरीखको बुखेग प्लाजमा कान्टोन स्तरीय भलिबल प्रतियोगिता हुने जानकारी गराएको हो।

बिगत बर्षहरु झै यो बर्ष पनि समितिले भलिबल खेललाई निरन्तरता दिदै समितिका महामन्त्री तिलक थापा मगरको संयोजकत्वमा तथा अराउ समाजको प्रायोजनमा खेलाडीको प्रतिभा समेत उजागर गर्ने उद्देश्यले कान्टोन स्तरीय भलिबल प्रतियोगिता जुरीखमा आयोजना गरिएको समितिका अध्यक्ष श्याम सापकोटाले बताए।

प्रतियोगिताको विजेताले नगद पुरस्कार (टिमको सहभागिता अनुसार) रनिङ शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेताले (टिमको सहभागिता अनुसार) शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डले आयोजना गरेको उक्त भलिबल प्रतियोगितामा सम्पुर्ण भलिबल खेलाडीहरु, नेपाली दिदीबहिनीहरु, दाजुभाईहरु र बिभिन्न संघ-संस्थामा आबद्ध हुनु हुने महानुभावहरु सबैलाई उपस्थित भई भलिबल प्रतियोगिता कार्यक्रमलाई सहयोग गरिदिनु हुन समितिले हार्दिक विनम्र अनुरोध गरेको छ।

भलिबल प्रतियोगिता हुने समय र स्थान

मिति: ०६. ०८. २०१७ आईतबार

समय: दिनको ११:०० बजे

स्थान: Bucheg Platz Zürich

टिम दर्ता शुल्क: २०० स्वीस फ्रन्क

नियमहरु:

१. खेल प्रचलित नियम अनुसार खेलाइने छ।

२. समुहमा  खेलाडीको संख्या ८ जना हुनु पर्ने छ।

३. खेल सम्बन्धि नियमहरु खेल मैदानमा जानकारी गराईने छ।

खाजा पानीको  ब्यवस्था रहेको जानकारी गराएको छ। व्यक्तिगत वा संघ-संस्थाको नामबाट पुरस्कारहरु प्रायोजन गर्न इच्छुक शभेच्छुकहरुलाई समितिले स्वागत गरेको छ।

Share.

Leave A Reply