१२ वैशाख २०८१

लाप्राक नमुना वस्तीका सहयोगार्थ लागि स्विट्जरल्याण्डमा च्यारिटी डिनर कार्यक्रम सम्पन्न

0

२१ मार्च २०१७, छोङ्डुक भोटे, बेर्न। गैरआवासीय नेपाली संघ स्विट्जरल्याण्डले दुर्गम हिमाली क्षेत्र लाप्राकमा निर्माण थालेको “लाप्राक नमुना वस्ती” लाई सघाउँन स्विट्जरल्याण्डको बेर्न स्थित प्रसिद्ध पर्यटकस्थल गुर्तेनमा च्यारिटि डिनर कार्यक्रम सम्पन्न गर्यो।

घर निर्माणका लागि लागत खर्च बढ्दै गएको बेला गैरआवासीय नेपाली संघ स्विट्जरल्याण्डले लाप्राक नमुना वस्तीको सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम गरेको हो।

कार्यक्रमको शुरुमा संघका अध्यक्ष हिराबल गुरुङले च्यारिटी डिनर कार्यक्रमको उदेश्यबारे जानकारी गराएका थिए भने उपस्थित स्वीस तथा नेपाली पाहुनाहरुलाई खादा लगाएर गैरआवासीय नेपाली संघ, स्विट्जरल्याण्डका वुमन फोरमकी संयोजक शुभा एल्मर लामा र उपाध्यक्ष सिमा गौतमले स्वागत गरेकी थिईन।

कार्यक्रमका प्रमुख अतिथी डा. आनामरी हुबर-होचले कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरुलाई स्वागत गर्दै नेपाल र स्विट्जरल्याण्ड बिचको सम्बन्ध धेरै दिगो र पुरानो रहेको र यिनै सम्बन्धको आधारमा स्विट्जरल्याण्डको नेपालप्रती ठुलो सहानुभुती रहेको बताएकी थिईन। महाभुकम्पद्वारा तहसनहस भएको देश नेपालले पुनर्निमाणको योजना  २ वर्षपछि पनि सन्तोषजनक रुपमा कार्यान्वयन गर्न नसक्दा जनताले भोग्नु परेको सास्तीप्रति चिन्ता प्रकट गर्दै अहिले १ बर्ष पनि नपुग्दै फेरि प्रधानमन्त्रीले राजिनामा  दिंदा देशको कुनै पनि  योजनाले निरन्तरता पाउन नसक्ने मन्तव्य व्यक्त गेरेकी थिईन। यस्तो चुनौतीपुर्ण समयमा गैरआवासीय नेपाली संघले गरेको योगदानलाई प्रशंसा गर्दै यस च्यारिटी कार्यक्रममा सहभागी हुन पाएकोमा संघका अध्यक्ष हिराबल गुरुङलाई धन्यबाद दिंदै स्विट्जरल्याण्डले नेपाललाई सदैव सहयोग गर्ने आश्वासन व्यक्त गरेकी थिईन।

गैरआवासिय नेपाली संघ स्विट्जरल्याण्डका पूर्व आईसिसि सदस्य पितम गुरूङले लाप्राक वस्तिको नवनिर्माणको बारे जानकारी गराएको थियो भने त्यसै गरि लाप्राक वस्तिको हालको नवनिर्माण बारेमा भर्खरै उक्त स्थलको स्थलगत भ्रमण र अवलोकन गरि फर्कीएकी एनआरएन स्विट्जरल्याण्ड वुमन फोरमकी सदस्य बिजया भट्टले फोटो स्लाईडहरु देखाउँदै वस्तिको जानकारी गराएकी थिईन।

स्थानीय नेपाली कलाकारहरु गौरी गुभाजु र राजेन्द्र भण्डारीले नृत्य प्रस्तुत गर्दै उपस्थित पाहुनाहरु लाई मनोरञ्जन गराएको थियो। नृत्य समाप्तिसँगै बेर्न निवासी युक्ता गुरुङ र बुद्धि थापा द्वारा तयार गरिएको रात्रिभोज र सो पछि नेपाली संगितमा नाचगान गरि कार्यक्रम सम्पन्न भएको गरेको थियो।

च्यारिटी डिनर कार्यक्रमलाई सफल गर्न सहयोग पुर्याउने गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डका सदस्यहरु, अन्य संघ-संस्थाका प्रतिनिधिहरु, कलाकारहरु र नेपाली दाजुभाई दिदिबहिनीहरुलाई  संघका अध्यक्ष गुरुङले धन्यबाद ज्ञापन गरे।

Share.

Leave A Reply