१२ वैशाख २०८१

गैर आवासीय नेपालि संघ मेड्रिड शाखाको अधिबेशन सम्पन्न

0

विजय शर्मा दर्पण। गैर आवासीय नेपाली संघ मेड्रिड शाखाको अधिबेशन सम्पन्न भएको छ। उत्तर कुमार राइको नेतृत्वमा सर्बसम्मतिले चयन भएका छन् । निर्वाचन कमिटिले तोकेको मिती भित्र कसैको पनि नाममा दाबी बिरोध नपरेको र  उम्मेद्वारी दिनेहरुले उम्मेद्वारी फिर्ता नलिएकोले उनीहरु सबैलाई निर्वाचन कमिटिले निर्विरोध निर्वाचित घोषणा गरेको निर्वाचन संयोजक रामकृष्ण पुडासैनिले जानकारी दिएको हो।

उपाध्यक्षमा  मेघनाथ ढकाल सचिबमा प्रेम राज घिमिरे ( प्रवेश ) , कोषाध्यक्षमा गोपाल राज सिल्पकार र केन्द्रिय सचिब को लागि जिबन प्रसाई रहेका छन। अधिबेशनमा गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष मुक्त गुरुङ लगायत थुप्रै संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति राखेको थियो ।

Share.

Leave A Reply