०६ वैशाख २०८१

फ्रान्समा भएको माउन्टेन रेसमा नेपालकी मनिकला पहिलो

0

विजय शर्मा दर्पण। फ्रान्समा भएको माउन्टेन रेसमा नेपालकी धाविका मनिकला राई पहिलो भएकी छन्।

ला चाम्बोटाइनमा भएको २५ किलोमिटरको माउन्टेन रेसमा दुई सय खेलाडीहरुले भाग लिएका थिए। २ घन्टा २५ मिनेट ४८ सेकेन्डमा पूरा गरेर राई पहिलो भएकी हुन् । मनिकला स्कि र अल्टिच्युड रेसमा उत्तिकै सक्रिय खेलाडी हुन्।

फ्रान्सकी नागेद भिनल्यान्ड २ घण्टा २७ मिनेट २३ सेकेन्डमा दूरी तय गर्दै दोस्रो भइन् भने फ्रान्सकै लाउरा डेसमस २ घन्टा २९ मिनेट ३६ सेकेन्डमा दूरी तय गर्दै तेस्रो स्थान हासिल गर्न सफल भइन्।

Share.

Leave A Reply