०७ वैशाख २०८१

स्वीट्जरल्याण्डका नेपालीले काभ्रेमा बनाए बुद्धको मुर्ति

0

वैशाख ६, २०७४- स्वीट्जरल्याण्डका प्रवासी नेपालीहरुले काभ्रेको मण्डन देउपुर नगरपालिका–९ कुन्ताबेसीमा बुद्धको मुर्ति बनाउनुका साथै महिला भवनलाई सघाएका छन् । गैरआवासीय नेपाल संघ स्वीट्जरल्याण्डका महिला संयोजक शुभ एल्मर लामाको पहलमा मुर्ति निर्माण र महिला भवनको छाना छाउने कार्य सम्पन्न भएको हो ।

महिला संयोजक लामासँगै डा. मीना सिंह खड्का, जुनेला वेग श्रेष्ठ लगायतले हालै मुर्ति अनावरण गरे । अनावरणसँगै बौद्ध परम्परा अनुसार बुद्धमुर्तिको प्राणप्रतिष्ठा पनि सम्पन्न भएको छ । संघकै पहलमा कुन्तावेसीकै नवज्योति महिला समुहको भवनमा छानो हाल्ने कार्य पनि सम्पन्न भएको छ । लामाका अनुसार संघले देउराली प्राविका विद्यार्थीहरुलाई गत सेप्टेम्बरदेखि नियमित खाजा व्यवस्थापन गर्दै आएको छ ।

एनआरएन आइसीसी वुमन फोरम प्रोजेक्ट अन्तर्गत यी कार्यहरु सम्पन्न भएको लामाले जनाइन् । उनले एनआरएन स्वीट्जरल्याण्डका प्रमोद भट्ट, विजया भट्ट लगायतका सहयोगीहरुले उक्त कार्यको लागि सघाएको बताइन् । नवज्योति महिला समुहका अध्यक्ष निर्मला शाहीले आफूहरुलाई प्रवासी नेपालीहरुको सहयोग मिलेकोमा खुशी प्रकट गरिन्।

-ईकान्तिपुर

Share.

Leave A Reply