०४ वैशाख २०८१

पोल्यान्डमा पानी अभियानमा दुई दिनमै झन्डै ७५ हजार सहयोग

0

गैर आवासीय नेपाली संघ पोल्यान्डले राखेको नयाँ वर्षको शुभकामना कार्यक्रममा पानी  अभियानमा रु २८ हजार ७४ रुपैयाँ जम्मा भएको छ । सिन्धुपाल्चोकका विनोद आचार्यले रु २१ हजार , सानो दूधे बालकसहित समावेस भएकी रन्जु भट्टराईले रु ५, हजार  त्यसैगरी कुल बहादुर श्रेष्ठले रु २०७४ रुपैयाँ पानी अभिकर्तालाई प्रदान गर्नु भएको थियो  । स्मरण  रहोस्  कुल बहादुर श्रेष्ठले यस अघि नै रु ३ हजार पानी अभियानलाई सहयोग गरिसक्नु भएको छ भने जीवन भर जहाँ जहाँ पानी अभियान संचालन हुनेछ त्यहाँ  त्यहाँ अभियानको नाममा नेपाली नयाँ वर्षको जति सम्वत हो त्यति रुपैयाँ सहयोग गर्ने घोषणा गरिसक्नु भएको छ ।

त्यसो त पानी अभियान शुरु भएको गाउँ सुनपुरमा जबसम्म हरेक घर धारो र सिंचाइ  हुने सुनिश्चितता हुनेछैन  तबसम्म घरमै नजाने गरि पानी अभियानकर्ता मित्रलाल पार्देले पोल्यान्डबाट पानी अभियान चलाइरहनु भएको छ ।

त्यसैगरि दर्पण छाया २  हेर्न पुगेका रुपेन्द्र खड्काबाट रु २४ हजार , ज्ञानेन्द्र भन्डारी, युवराज अडाइ सागर घर्ती बाट रु १५ हजार प्राप्त भएको छ ।

हालैका दिनमा पानी अभियानमा सहयोग गर्ने सहयोगीहरु द्रुतगतिमा बढिरहेको जानकारी प्राप्त भएको छ ।

Share.

Leave A Reply