१५ चैत २०८०

“ऊत्सव” लिएर झुल्किए राजमान तमाङ नयाँ वर्षमा

0

ऊदयमान नव गायक राजमान तामाङले आफ्नो डेब्यु एल्वम “ऊत्सव” को विमोचनको साईत २०७४ सालको पहिलो दिन कोपनहेगनमा सार्वजनिक गरेका छन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को पाँचौं युरोपस्तरीय भेला तथा पाँचौं युरोपस्तरीय एकल नृत्य र दोस्रो गायन प्रतियोगिताको सांगितिक माहौललाई बिमोचनमा प्रयोग गरेका तामाङ स्वयं पनि सो संस्थाका ग्लोबल सदस्य हुन । आफ्नो संगीत क्यारियरको पहिलो गीतको को रुपपा आएको ‘पूर्वमा धरान राम्रो’ वोलको ऊनको गीतले युट्युवमा ऊल्लेख्य दर्शक पाई सकेको छ । लोकपृय गायिका मेलिना राई सँग गाएको गीत ‘हल्का हल्का नजर’ दर्शक तान्ने निश्चित छ । सुरज सिं ठकुरीको भिडियो निर्देशन र अत्तन्तै चलेकी कलाकार रीमा विश्वकर्माको अभिनय रहेको भिडियो कान्तिपुर टेलिभिजनवाट सार्वजनिक भई सकेको छ । ६ वटा गीत समेटिएको एल्वममा ३ वटा गीत डेनमार्कनै वस्दै आऊनु भएका कृष्ण पौडेल अन्जान का शव्द छन भने १, १, वटामा मिन गुरुङ, वावुल गिरी र सागर ऊपाध्ययका छन । दिपक शर्माले २ अनि मिन गुरुङले २ वटामा गीतमा संगित भरेका छन भने कल्याण सिंह र वावुल गिरीले १,१ वटा गितमा संगित दिएका छन । राजमान तामाङका अलावा ऊक्त एल्वममा मेलीना राई र योजना पुरीलाई पनि एक एक वटा गीतमा सुन्न सकिने छ । आफ्नो पहिलो प्रयाशलाई रचनात्मक टिका टिप्पणि , राय, सुझाव र सल्लाह दिन राजमान तामाङले विमोचन कार्यक्रममा सार्वजनिक आव्वान पनि गरे । अथक मेहेनत गरेर नेपाली सांगितिक जगतमा पहिलो कोशेली स्वरुप “ऊत्सव” लिएर आएका राजमान तामाङको सांगितिक भविश्यमा ऊत्सव ल्याऊन सकोस।

भिडियो

Share.

Leave A Reply