१२ वैशाख २०८१

प्रेस-विज्ञप्ति जारी गर्दै घलेले दिए राजिनामा

0

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका उपाध्यक्ष श्याम घलेले एक प्रेस-विज्ञप्ति जारी गर्दै उपाध्यक्ष पदबाट राजिनामा दिएको छ।

घलेले बिभिन्न कारणहरु देखाउदै गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको उपाध्यक्ष पदबाट राजिनामा दिएको जारी विज्ञप्तिमा उल्लेख छ।

घले २०१३-२०१५ मा गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए भने २०१५-२०१७ का लागि उनी निर्वाचित उपाध्यक्ष हो।

विज्ञप्तिको पूर्ण पाठ:  

प्रेस बिज्ञप्ति – एन रा एन ए स्विसको उपाध्यक्षबाट राजिनामा

आदरणीय सम्पूर्ण स्विसबाशी नेपालीहरुमा मेरो नमस्कार
गैह्र आबासिय नेपालि संघ स्विसको निर्बाचन प्रक्रियामा सहभागी हुनु भएर मलाइ तपाइहरुले अमुल्य मत दिई २०१५-१७ को लागि उपाध्यक्ष पदमा निर्बाचित गराउनु भयो त्यसको लागि फेरी पनि स्विस बासि नेपालिहरुलाई हृदय देखि नै धन्याबाद दिन चाहन्छु। हुन् त मैले उमेद्वारी दिदै गर्दा आम स्विसबाशी नेपालीहरुको बिचमा आफ्नो व्यक्तिगत प्रतिबद्दताहरु स्थानीय नेपालि मिडिया मार्फत प्रस्तुत गरेको थिए। मलाइ बिश्वास छ त्यहि मैले गरेको प्रतिबद्दको आधारमा तापाइहरुले मलाइ अमुल्य मत दिनु भई निर्बाचित गराउनु भयो। तर दुर्भाग्यका साथ भन्नै पर्छ मैले गरेका ति प्रतिबद्दहरु अहिले सम्म पुरा गर्न सकिन र त्यसकोलागी तपाइँ मतदात्तहरु बिचमा क्षामा प्राथी छु। र यस बारेमा मैले निर्बाचन पछि स्विसबाशी नेपालि हरु बिचमा विभिन्न माध्यमहरुको प्रयोग गर्दै समाजमा बढ्दै गइ रहेको केहि व्यक्ति बिशेषको सामन्ती र संकुचित बिचार,एकल निर्णय तथा ब्यतिबादी सोचको हाबिको बारेमा जानकारी दिदै आइ रहेको कुरा तपाइँ सम्पूर्ण स्विसबाशी नेपालीहरुलाई घाम जस्तै छर्लंग छदै छ। सुतेको मान्छेलाई उठाउन जति सजिलो छ , सुतेको बहाना बनाउदै सुत्नेलाई उठाउन कदापी सकिदैन।

हुन त म स्विसबाशी नेपालीहरु बिचमा २०१३-१५ मा पनि एनआरएनए स्विसको उपाध्यक्ष मा सक्रिय भएर कार्य गरेको थिए । त्यस बेला एनआरएनए स्विसको कार्य समितिले जुन सस्थागत हितको लागि कार्यहरु गरेको थियो ति कार्यहरुको मुल्याकन तपाइँ स्विसबाशी नेपालीहरुले गर्नु भएकै छ। त्यो बेलाको नेतृत्वको सामुहिक छलफल प्रतिको दुरदर्शिता , यो समाजको को सामुहिक आवाजको सम्मान र कार्यसमितिमा सहभागीहरुको सक्रिय योगदानको बाताबरण ले गर्दा त्यसबेला एनआरएनए स्विसको कार्य समिती (२०१३-१५)ले केहि नमुना कार्य गर्न सक्षम भयो। जस्तै : एनआरएनको केन्द्रिय कार्यालय भबन बनाउनको लागी आर्थिक संकलन ,महा भुकम्प को पीडाले सताइरहेको बेलामा आपतकालिन सहयोग को लागि सस्थागत रुपमा सयुक्त सहयोगको नेत्रितो ,चरण बढ्द रुपमा विभिन्न आपतकालीन व्यक्तिगत र सस्थागत सहयोग ,यूरोप स्तरिय नेपालि फुटबल कार्यक्रम , स्वीसमा बसोबास गरेर बस्ने नेपालि समाजलाई प्रत्यक्ष र सस्थागत रुपमा सस्थाको गरिमालाई बढाउन स्नो फन कार्यक्रम, क्यम्पिंग कार्यक्रम, चिल्ड्रेन introduction कार्यक्रम ,विभिन्न नेपालि रास्ट्रीय सास्कृतिक पर्बहरुको सम्मान र निरन्तरता अनि अन्य बिबिध |

आदरणीय सम्पूर्ण स्विसबाशी नेपालीहरु
म एक सक्रिय सामाजिक व्यक्ति भएको हुदा मैले यो समाजमा सधै सक्रिय भएर सामाजिक योगदान यस समाजको हितको लागि गर्न चाहन्छु। मलाइ आशा र विश्वास छ मेरो बिगतको सामाजिक सेवाको अनुभवले पनि बताउछ कि अझै पनि मैले यो समाजको सेवालाई सक्रिय र निरन्तरताको आबस्यक्ता छ | मेरो सामाजिक सेवाको कार्यलाई अझ बढी सक्रिय र यो समाजलाई प्रत्यक्ष अनुभब हुने गरि प्रस्तुत हुने बाचा गर्दै आजको मितिबाट गैह्र आबासिय संघ रास्ट्रिय समन्वय समिति स्विटजरल्याण्डको उपाध्यक्ष पदवाट राजीनाम दिएको जानकारी गराउछु।

उपाध्यक्ष पदको राजीनाम किन?
१. म जब २०१५-१७ को लागि निर्बाचित भए र कार्यसमितिको औपचारिक बैठक हरुमा सहभागी भए त्यसले सामुहिक छलफल, समाज र सस्थाको हितलाई भन्दा पनि मनोगत, संग्कुचित र सामान्ती भाब र बिचारको हाबी भएको महशुस गरियो र पटक पटक यसको बारेमा सस्थाको अनुशासनमा बस्दै विभिन्न माध्यमबाट स्विसबाशी नेपालिहरुलाइ जानकारी गराउने कार्य गरे। तर दुर्भाग्य एक पछि अर्को कार्य दोहोर्याउदै गए पछि मैले यहि कार्यसमितीमा बसेर नेतृत्वले गरेको सस्थागत गल्ति, कमजोरीहरुको भारि बोक्नु भन्दा म पनि एक साधारण एनआरएनए सदस्य हुन तयार भए। तर स्विसको नेपालि समाजमा भइ परि आउने जुन सुकै सामाजिक योगदानको लागि सधै हाजिर हुने नै छु।
2. सस्थाको नेत्रित्तोको सस्थागत अनुभवको कमि र योजना बिहिन क्रियाकलापहरु
३. समाजमा सस्था प्रति उठेको आवाज र कार्यसमिति प्रति बिस्वास माथिको प्रश्न |
४. सस्थाको आर्थिक पक्षको बारेमा बिबिध प्रश्न र अस्पष्टता , कार्य समिती २०१३-१५ ले संकलन गरि नया कार्यसमिती २०१५-१७ लाइ हस्तान्तरण गर्दा देखिएको आर्थिक प्रतिबेदनलाई सामान्य रुपमा हेर्दा आर्थिक व्यय भारि मात्रामा देखिएको र यसले सस्थालाई आर्थिक रुपमा कमजोर बनाउदै लागेको।अहिले सम्म जहिले पनि सस्थागत रुपमा जुनसुकै कार्यक्रम गरियो त्यो सबै आर्थिक रुपमा सस्थाको खाताबाट ब्यस्बस्थापन गर्नु पर्ने देखियो।जस्तै बर्नमा भएको मह जोडीको कार्यक्रमलाइ लिन सकिन्छ |
५. ‘टुर दि पोखरा २०१६’ (Tour De’Pokhara 2016 संचार प्रती मेरो घोर आपती र भर्सना
htt://swissnepal.com/component/k2/tour-de-pokhara-2016
यो कार्यक्रम प्रति आपति जनाउदा जनाउदा पनि कार्यसमितीमा यो बिसयमा छलफल गर्ने कार्य नभएको
६ . साधारण सभा हुदा देखिएको नाटकीय दृश्य र साधारण  सदस्यको उपस्थिति कुल संग्ख्याको ३०% भन्दा पनि थोरैको उपस्थिति, समाजलाई एकृकित भन्दा बिभेदिकृत गर्ने। जस्तै केहि मिडियाहरुमा कार्य समितीको बैठकको फाइल कार्य समितिका सदस्यहरुले ले पाउनु भन्दा अगाडी मेडिया बाजी भइ समाजमा भ्रमको श्रीजना गर्ने कार्य भएको र त्यसलाई  रोक्न पटक पटक सुचित गराउदा उचित पहल नगरिएको |
७ कार्य समितीमा एक पछि अर्को सदस्यहरुले काम गर्ने बाताबरण को असहज महशुश गरि एकपछि अर्कोले राजिनामा दिदै गरेको र  यस कार्य रोक्न नेतृत्व ले कुनै पहल नगरेको ।
८. एनआरएनएको केद्रीय चुनाब मा स्विसबाट सहाभागी हुनेहरुको नाम पुर्बाग्रही रुपमा छुटाई दिएको (जसमा एन रा एन ए का पूर्व अध्यक्षहरु लगायत यो समाजमा सक्रिय ब्यतिहरु) निर्बाचन प्रक्रियामा सहभागी हुने जटिलता श्रीजना भएको।

आदरणीय दाजुभाई दिदीबहिनी हरु यी र एस्तै कार्यहरु मा सुधार को लागि नेतृत्वलाइ सुध्रन र कार्यसैली परिबर्तन गर्न झक्झक्याउदै यहा सम्म संगै हिडे पनि अब यहि अबस्थामा संगै अगाडी बढ्न नसक्ने देखि मैले मेरो राजिनामा प्रस्तुत गरेको छु |

आगामी दिन मा कुनै न कुनै रुप मा समाजसेवामा सदैब सक्रिय रहने प्रतिबद्दता ब्यक्त गर्दछु|

धन्यबाद

श्याम घले

जुरिच स्विटजरल्याण्ड १९  मार्च २०१७

Share.

Leave A Reply