१३ वैशाख २०८१

स्पेन र बेल्जियम घटना प्रति पत्रकार महासंघ युरोप शाखाको ध्यानआकर्षण

0

बार्सिलोना/ नेपाल पत्रकार महासंघ युरोप शाखाले स्पेन र बेल्जियममा गरिएको पत्रकार निषेधका घटना प्रति ध्यानआकर्षण भएको जनाएको छ। नेपाली जनसम्पर्क समिति स्पेन र बेल्जियमको अधिबेशन हुँदै गर्दा पत्रकार निषेध गरिएको घटना प्रति खेद प्रकट गर्दै महासंघले ध्यानआकर्षण भएको जनाएको हो।

महासंघका अध्यक्ष केजिन राई र महासचिव प्रकाश ढकालद्वारा मंगलबार जारी बक्तब्यमा भनिएको छ। “ मुलुककै सबै भन्दा पुरानो,बलियो लोकतान्त्रिक तथा प्रजातान्त्रिक पार्टी भएको दाबी गर्ने नेपाली काँग्रेसको विदेश स्थित भातृ संस्था नेपाली जनसम्पर्क समितिहरुले केहि देशमा आफ्नो अधिबेशन हुँदै गर्दा पत्रकारलाई पूर्ण रुपमा निषेध तथा अपमान गरिएका घटनाहरु प्रति नेपाल पत्रकार महासंघ युरोप शाखाको गम्भिर ध्यानआकर्षण भएको छ।”

मार्च १२ तारिख आईतबार नेपाली जनसम्पर्क समिति स्पेनको अधिबेशन हुँदै गर्दा, मतदान पछि मतगणना बारे स्थानीय पत्रकारहरुले चासो राखेर समितिलाई पटकपटक फोन सम्पर्क गर्दा, पत्रकारलाई निषेध मात्र नभई मतगणना भएको स्थल समेत नबताई मत गन्नु आँफैमा लज्जास्पद भएको बक्तब्यमा उल्लेख छ।मतगणना हुँदै गर्दा, चुनाबी प्रकृया पर्यबेक्षणका लागि पत्रकारलाई ढोका खोलेर प्रजातान्त्रिक परिपाटी देखाउँनुको सट्टा, मत परिणामलाई अपडेड गराउँने बाटो समेत बन्द गराई आफ्नै मतदाता र उमेद्वारहरुले सूचना पाउँने अधिकारबाट बन्चित गराउनु ठुलो दुर्भाग्य हो भन्दै युरोप शाखाले खेद प्रकट गरेको छ।

यस्तै नेपाली जनसम्पर्क समिति बेल्जियमको मार्च १३ तारिख सोमबार मतगणना जारी रहँदा महासंघ अध्यक्ष केजिन राई र पत्रकार डिल्लीराम अमाईलाई निर्बाचन समिती संयोजक इन्द्र क्षेत्री र सदस्य सचिब झलक केसीले प्रबेशमा रोक लगाउँदै अपमानित गरेको घटना प्रति पनि महासंघले ध्यानआकर्षण भएको जनाएको छ।

दुवै घटनामा पत्रकारहरु माथि भएको अपमानको महशुस गर्दै सार्बजनिक रुपमा माफी माग्न महासंघ सम्बन्धित सँस्थाहरुलाई अनुरोध गर्दै संघले घटनाहरुलाई बेवास्ता गरिएमा महासंघले सम्बन्धित सँस्थाका समाचार,सूचनाहरु बहिष्कार गर्ने सम्मको आफ्नो कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ।

जनसम्पर्क समिति स्पेनले माफि माग्यो :-

नेपाली जनसम्पर्क समिती स्पेनले मतगणना स्थलबारे पत्रकारलाई जानकारी दिन र प्रबेश गराउँन असमर्थ रहेकोमा माफि मागेको छ। समितिका अध्यक्ष शालिकराम डुम्रेले बिज्ञप्ति जारी गर्दै भनेका छन्,” ठाउँ साघुरो र टाढा भएकाले उमेद्वार, निर्वाचन समिती र कार्यसमितीको छलफल पछि प्रबेश गराउन असमर्थ रहेकोमा दु:खी छौ,पत्रकारलाई प्रबेश निषेध गर्नु पर्ने कुनै कारण थिएन,त्यसो हुन पुगेकोमा क्षमा पार्थी छौ।”

यस्तै निर्बाचन समितिका संयोजक चिन्तामणी सापकोटाले समेत बिज्ञप्ति जारी गर्दै भनेका छन्,” मतगणना स्थलमा पत्रकारलाई प्रबेश गराउन चाहना हुँदा हुँदै पनि विभिन्न कारणले असमर्थ रहेकोमा दु:खी छु। सधैं पारदर्शिताको पक्ष्यमा रहेको म, पत्रकारलाई प्रबेश निषेध गर्नु पर्ने कुनै कारण थिएन। तै पनि अन्य कारणले गर्दा त्यस्तो हुन पुगेकोमा क्षमा पार्थी छु।”

यसैबीच पत्रकार निषेधको घटनाबारे समितिले आफ्नो बक्तब्य जारी नगरेसम्म मतपरिणाम बारे समाचार प्रकाशित नगर्ने बताएका स्पेन स्थित पत्रकारहरुले आफ्नो घोषणा फिर्ता लिएका छन्।

समितका अध्यक्ष र निर्बाचन समितिका संयोजकले छुट्टाछुट्टै बिज्ञप्ति मार्फत घटना बारे जानकारी गराए पछि आउँदा दिनमा पुन: यस्ता घटनाहरु नदोहोरिने बिश्वास राख्दै आफ्नो निर्णय फिर्ता लिएका हुन्। साथै नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशनबाट निर्बाचित कार्यसमितिलाई पनि पत्रकारहरुले बधाई तथा सफल कार्यकालका लागि शुभकामाना ब्यक्त गरेका छन्।

Share.

Leave A Reply