०८ वैशाख २०८१

हामी सबैको साझा अभियान हो पानी अभियान

0

मित्रलाल पार्दे (पानी अभियानकर्ता) “पानी अभियान वर्ष दिन पुगेको अवसरमा हरेक घर धारो हरेक गाउँ सिँचाइ हुने वातावरण तयार होस्। ” यहि मेरो शुभकामना।
हामीहरु प्रजातन्त्रका कुरा गर्यौ लोकतन्त्रका कुरा गर्यौ चन्द्रमाका कुरा गर्यौ  मङल ग्रहमा वस्ती बसाल्ने कुरो पनि गर्यौ तर पानीको कुरा कम गर्यौ कि ? हरेक वादको कुरा धेरै गर्यौ तर पानीवादको कुरा कम गर्यौ कि ?   विश्वको दोश्रो जलश्रोतको धनी देश नेपालका जनताहरु पानी नपाएर तड्पिनु पर्ने यो कस्तो अवस्था हो । हरेक गाउँमा सिंचाइ जब सम्म हुँदैन तब सम्म गाउँको बिकास सम्भब छैन । नेपाल जस्तो विश्वको जलश्रोतको धनी देश भनेर किताबमा पढ्नु पर्ने तर एक घैटो पानी लिन पनि घन्टौ हिंड्नु पर्ने ।यो कस्तो बिडम्बना हो । यो दु:ख दायी पिडाबाट मुक्त पाउनु जरुरी छ ।  जे सुकै वाद आओस सिंचाइ विना कुनै पनि गाउँको बिकास एवम प्रगति  सम्भव छैन । पानी नै हुँदैन गाउँमा भने कसरी हुन्छ देशको बिकास । पानी नै छैन भने कसरी हुन्छ गाउँको बिकास । हामी अब दुनियाँ जाग्नु आवश्यक छ । हामी नजागे को जाग्ने ? हामी नसोचे  कसले सोच्ने ? धेरै हजारौलाई ईमेल लेखे धेरैसित धेरै बहस गरे तर खासै ठोस् जवाफ आउन नसकेपछि  पानीले तड्पिएको गाउँले पानी पाउनुपर्छ भनेर सकारात्मक सोच राख्दै १ वर्ष अघि  हरेक चार वर्षमा आउने आफ्नो जन्म दिनको अवसर पारेर फेब्रुअरी २९ गते ठुलै त्याग ठुलै सपना बोकेर पानीले तड्पिएको  गाउँलाई पानी पिलाउने भिष्म अठोट बोकेर फेसबूक बाट अभियान शुरु गरे । शुरुवातमा कसैलाई दबाब्ले होइन स्वस्फूर्त आत्मा जागेर समाज परिवर्तन हुन्छ। समाजको परिवर्तन बन्दुक बोकेर होइन पानीको थोपा बोकेर हुन्छ भन्न्ने नितान्त नयाँ सोचको अवधारणामा पानी अभियान शुरु भयो र यही अभियानको नारा “हरेक घरमा धारो ,हरेक गाउँमा सिंचाइ ” मा आधारित भएर “सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिती गठन भयो “। र कानुनी रुपमा दर्ता अगाडि बढी अभियानको खाता नम्बर पनि सन्चालनमा आयो । हाल सम्म पानी अभियानमा खातामा झन्डै ८ लाख जुटेको छ भने बिभिन्न व्यक्तिहरुबाट झन्डै २८ लाख प्रतिवद्दता आइसकेको छ । दिन प्रतिदिन आउने क्रम जारी छ । जब सम्म हरेक घरमा पानी हुँदैन पानीको लागि संघर्ष गर्नुपर्छ तब सम्म अरु सोचको बिकास पनि सम्भब छैन । यही मान्यतामा आधारित भएर २०१६ फेब्रुअरी २९ तारिक देखि पानी अभियान शुरु भएको हो ।


जसरी बुद्दले ८० बर्षको उमेरमा ज्ञान प्राप्त गरे त्यसै गरी पानी अभियानले  एक दिन अवश्य पानी पाउनेछ  भन्ने दृढ संकल्प बोकेर  जब सम्म पानी अभियान शुरु भएको गाउँ सुनपुर ८०० परिवारको हरेक घरमा धारो हुँदैन तब सम्म कुनै भोट् पनि नहाल्ने कुनै पदमा नउठ्ने  उद्देश्य पुरा नहुँदा सम्म आफ्नो प्रीय घर  नै नजाने कठोर पानी तपस्या गर्दै  पानी अभियान सन्चालन गरेको जानकारी गराउनु पर्दा यो कुनै रहर होइन वाध्यता हो ।  यो पानी भीष्म प्रतिज्ञा कुनै रहरले होइन वाध्यता हो भनी बुझिदिनुहुन म हार्दिक अनुरोध गर्दछु ।
पानी अभियान हामी सबैको साझा अभियान हो । शुरूवात  मबाट भएपनि  तपाईं हाम्रो समस्त दुनियाँकै अभियान हो ।  हाम्रो आवश्यकता  पनि हो पानी अभियान ।
पानी अभियानको मुल उद्देश्य  “हरेक घरमा धारो ,हरेक गाउँ सिंचाइ ”
नारा पुरा शुरुवाती गाउँ पुरा गरिसकेर देश व्यापी यो अभियान पुरा गर्नमा हरेक जन्समुदायलाई गोल्बद्द गरेर सरकारलाई पनि घचघच्याउनु पनि यो पानी अभियानको मुल उद्देश्य हुनेछ ।
एक्काइसौ शताब्दीमा पनि पानी अभियानको नारामा नै जीवन समर्पित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु ।  जबसम्म  नारा पूरा गर्ने प्रतिवद्दता सरकारबाट आउदैन  तबसम्म मेरो  न त कुनै पर्व हुनेछ नत कुनै रमाइलो दिन हुनेछ ।
सरकारलाई पानी अभियानकर्ताको तर्फबाट केही प्रश्नहरु
-जुन जग्गा मरुभुमी छ त्यहा फ्याक्ट्री जुन जग्गा मलिलो छ त्यहा सिचाइ अवधारणा कहिलेदेखि लागु गर्ने ?
-पानी निति कहिले देखि लागु गर्ने ?

पानी नै पुर्याउन सकिन्न भने नगरपालिका नमुना गाउ बिकास समिती नगरपालिका किन घोषणा गर्ने ?
– सिचाइ हुने जग्गामा प्लटिङ घडेरी बनाउन कहिले देखी रोक्ने ?
हरेक घरमा धारो  हरेक गाउँमा सिँचाइ नीति कहिलेदेखी लागू गर्ने  ?
पानी अभियान शुरु गर्दा लेखेको पहिलो फेसबूक स्ट्याटस
“बिदेशी क्यालेन्डर अनुसार हरेक चार बर्षमा देखा पर्ने मेरो जन्म दिन फेब्रुअरी 29 तारिक । आज फेब्रुअरी 29 गते जन्म दिनको अवसरमा  मेरो जन्मभुमीमा पानीको लागी नेपाली रुपैया  ५० हजार छुट्ट्याउदै   “पानी अभियान  लक्ष्मीपुर 7 र 8   “शुरु गर्ने निर्णय गरे यो अभियान  सम्पन्न हुन झन्डै एक करोड आवश्यक पर्छ । थोपा थोपा मिलेर नदी बन्दछ  । कुनै संघ संस्था व्यक्तिहरुलाइ   पानी अभियानको लागी मेरो अर्को  जन्म दिन सम्म सफल पार्न हरेक व्यक्तिहरुलाई हार्दिक अनुरोध गर्दछु । जन्मिसके पछि आफ्नो गाउँको  लागि  केहि गर्न सकिएन भने जन्म दिन कसका लागि  मनाउने ?  के को लागी मनाउने ? मलाई कुनै केक काट्नुछैन जबसम्म यो अभियान सफल हुदैन  तब सम्म  म तड्पिएर बाचिरहनेछु  । तड्पिएको देख्ने कि खुशी देख्ने  ?   मेरो गाउँ पानी नपाएर तड्पिएको छ । हजुरबुवा हरु पानी भनेर तड्पिदै स्वर्गेवास हुनुभएको छ । बुवा आमाहरु पानी पानी भनिरहनु भएको र झन्डै चार हजारलाई निवेदन पनि गरि सके । म कुनै वादको झोला नबोकेकोले आश्वाशनमा मात्र भर पर्दैन  आश्वासन त पाए तर ठोस जवाफ पाउन सकेन । बिसौ बर्ष भैसक्यो । आस्वासनका बिस्कुनहरु सुकाइए । म एक्लै त केहि गर्न सक्दैन सामाजिक अभियानको लागी प्रेरित गर्न सक्छु  । आश्वासनमा  हुर्केको गाउ मेरो पबित्र जन्मभुमीको ” पानी अभियान लक्ष्मीपुर 7 र 8  दाङ ” को लागी तपाइहरु कसले के गर्न सक्नुहुन्छ। प्लीज कमेन्टमा लेखिदिनुस । अर्को चार बर्ष पछि देखिने 2020 फेब्रुअरी 29 को जन्म दिन सम्ममा यो काम पुरा भएको देख्न पाइयोस रिण गरेर जुटाएको यो  रकम नतुहियोस । यहि मेरो सपना ।।।। “जय पानी अभियान  लक्ष्मीपुर 7 र 8 सुनपुर  दाङ ”
पानी अभियान शुरु गर्नु भन्दा अघि  हजारौलाई लेखेको इमेल
नमस्ते सबैलाई बिदेश बसेर समय परिस्थितीले ४ बर्षपछि नेपाल जानु पर्‍यो । ८ बर्ष पछि दसैं टिका र १० बर्ष पछि तिहार मनाउने अवसर पनि मिल्यो । तर गाउँमा सिन्चाइ तथा खानेपानीको अभाबले मुटु पोलिरह्यो । न त सरकारले हेरेको छ । न त कुनै संघ संस्थाहरुले ? कृपया कुनै संघ संस्था व्यक्तिहरु बिकास गर्न चाहनु भएको छ भने बिन्ती छ उक्त गाउमा सिन्चाई तथा खानेपानीको लागि पहल गरिदिनुस् । कसै न कसैले सुन्नुहुनेछ । त्यहाका जनताहरुले जीवन भर पानीको अभाबमा तड्पिने छैनन । मेरा हजुरबुवाहरु पानी भनेर बित्नु भयो । मेरा बुवाहरु पानी भनेर तड्पिनु भैरहेको छ । मेरा दाई भाईहरु पानी भएको भए बिदेश जान्न थिए २ रोपनी जग्गामा तरकारी खेती गरेर भएपनि जीवन गुजारा गर्ने थिए भनेर बिलौना गरिरहेका छन् ।  म हजारौंलाई यो पत्र लेख्न चाहन्छु । कसै न कसैले सुन्नुहुनेछ हाम्रो आवाज ।
यस किसिमको पत्र हजारौंलाई  लेखियो । सयौसित  सिङो गाउँ पनि पानी अभावबारे गुनासो नगरेको होइन । तर सधै पानीको अभाव । सधै  सुख्खा जमिन सधै वैराग लाग्ने उर्वर भुमी पनि सुखा यो छुट्टै पीडा हरदिन बुवाआमाले पानी भएको ठाउँ जानुपर्छ त्यतै बस्नुपर्छ भन्ने बारम्बार भनाइ एवम  खासै ठोस जवाफ कसैबाट न आएपछि  २०१६ फेब्रुअरी २९ गते हरेक चार वर्षमा देखा पर्ने जन्म दिनको अवसर पारेर ” हरेक घर धारो , हरेक गाउँ सिंचाइ ” नारा अगाडि सारेर शुरूवातमा  फेसबूक स्ट्याटसबाट नै पानी अभियानको जन्म भो ।
त्यसपछी गाउँमा प्रेम केसीको अध्यक्षतामा समिती गठन भै पानी समितिको छुट्टै बैन्क खाता खोलिएको छ । फेसबूक स्ट्याटसबाट पानी अभियान शुरु भए ता पनि गाउँमा समिती गठन भै  कानुनी मान्यता प्राप्त गरिसकेको छ ।
गाउ काठमान्डौ बाट ४१० किलोमिटर पश्चिम जाने माध्यम सडक यातायात बस ट्याक्सी जनसंख्या ३११५ पिउने पानीको असुबिधा २५०० जनालाई सिँचाइ असुविधा पुरै सुनपुर गाउलाई मानव वस्ती मध्यम वर्गका २० %निम्न वर्ग ८०% जनजाती र दलित ६५% ब्राम्हण क्षत्री ३५ % पानीको श्रोत :बालिम खोला न्यून हुँदै गएको अन्य श्रोत :सिम्सार क्षत्रहरु (सुके दह रोहनी दह सरेदह आदि) इत्यादी दहहरुमा बाध बाधेर पानी संकलन गर्न सकिने तथा भूमिगत श्रोत बाट सिन्चाई पानीको व्यवस्था गर्न सकिने ।

Share.

Leave A Reply