०७ वैशाख २०८१

नेपाली ऐक्यवद्धता मन्च स्वीजरल्याण्डको प्रेस वक्तव्य

0

नेपाली ऐक्यवद्धता मन्च स्वीजरल्याण्डको सातौँ महाधिवेशन मार्च २६ गते राजधानी बर्नमा पूर्व उपप्रधान तथा परराष्टमन्त्री, एवं नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ क.प्रकाश बाट हुनेभएको छ । “प्राप्त उपलब्धिको रक्षा र क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने हाम्रो अभियान, नेपाली एक्यवद्धता मन्च स्वीजरल्याण्डको सातौँ अधिवेशन” भन्ने मूल नाराका साथ स्वीजरल्याण्डको हरेक क्षत्रमा मात्रै हैन युरोपभरी छरिएर रहनुभएका अग्रगामी र क्रान्तिकारी साथीहरुको गौरवपूर्ण उपस्थितिमा सम्पन्न हुन गैरहेको छ । स्थापनाकालदेखि नै स्वीजरल्याण्डमा बसोबास गर्ने नेपाली श्रमिक, उद्यमी एवँ अध्ययनरत नेपाली विद्यार्थी मित्रहरुको हकहितको सवालमा बलियो आवाज उठाउँदै आएको यो सँस्थाले देशलाई अग्रगमनको दिशातर्फ लान क. प्रचण्डको नेतृत्वमा सँचालित महान जनयुद्धको दिशालाई सधै समर्थन गर्दै आएको छ ।
जहानियाँ राणा शासनको अन्त्य भएर पनि शाहवँशको नामोनिशान मेटिने गरी अन्त्य गर्न, सीमान्त, भूमिहिन, दलित महिला, अपाँग, जाति जनजाति, भौगोलिक रुपले सबै भेक क्षेत्रका जनताको राज्य सँचालनमा अहम् भूमिका खेल्ने लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न प्रवासमा रहेर पनि यो सँस्थाले साह्रै नै महत्वपूर्ण भूमिका खेलेको छ । लामो प्रश्रव पीडापछि देशमा गणतन्त्रलाई सँस्थागत जिम्मा गर्ने मूख्य दायित्व पनि क्रान्तिका अग्रजहरुकै हातमा आएको छ । पार्टी विभाजनको पीडाले मुक्तिको आन्दोलनलाई सफल पार्दैन, विग्रह र विभाजन हैन समस्त अग्रगामी शक्तिहरुको एकताले देशलाई औद्योगिक क्रान्तितिर लैजानुपर्छ भन्ने मँचको धारणा प्रकट गर्दै प्रमुख अतिथि नारायणकाजी श्रेष्ठबाट समुद्घाटन हुने कार्यक्रममा देशको वर्तमान राजनीतिक अवस्था, भोलिका दिनहरुमा हुन गैरहेको आम निर्वाचन सन्दर्भ सहित वामपन्थी कार्यदिशा जस्ता सैद्धान्तिक अनि व्यवहारिक पक्षमा हुने उहाको महत्वपूर्ण मन्तव्य कार्यक्रममा सहभागि भएर देशको राजनीतिक वस्तुस्थितिप्रति सजग, सतर्क हुन सबै स्विटजरल्याण्डबासि अग्रगामी नेपाली दाजुभाइ दिदीबैनीहरुलाई अनुरोध गर्दछौ ।
कार्यक्रम
Quartieryentrum im Tscharnergut (QZT)
Waldmannstr 17, 3027, Bern
समय  दिनको १३.४५ बजे
अचुत प्रसाद फुयाल                                                             कमल केसी
अध्यक्ष                                                                              महासचिब
नेपालि एक्यबद्दता मंच स्विटजरल्याण्ड

Share.

Leave A Reply