१६ चैत २०८०

नेपाली खेलाडी अञ्जन विष्ट युरोपियन क्लवमा आबद्द होलान् त ? भिडियो अन्तर्वार्ता)

0

बार्सिलोना / नेपाली युवा स्ट्राईकर अञ्जन विष्टले युरोपियन क्लवमा आबद्द भएर ब्यबसायिक फुटबल खेल्ने बिश्वास ब्यक्त गरेका छन्। नेपाली राष्ट्रिय टोलीका स्ट्राईकर समेत रहेका बिष्टले युरोपमा आँफुले कडा मेहेनत गरिरहेको बताउँदै एकदिन युरोपियन क्लवमा आबद्द हुने बिश्वास ब्यक्त गरेका हुन्।

स्पेनको नेपाली समुदायबाट बार्सिलोनामा सम्मानित भएपछि बिशेष अन्तर्वार्ता दिदै उनले भने,” युरोपमा खेल्न एकदमै गाह्रो छ ,तर कडा परिश्रम गर्न भने छाडेको छैन ,आशा गरौ युरोपमा खेल्ने मेरो सपना एक दिन पुरा हुनेछ।”

स्पेनको मालागामा रहेको मार्बेला युनाईटेड एफसीमा प्रशिक्षण गरिरहेका युवा खेलाडी बिष्ट सम्भवत:अर्को हप्ता बेल्जियम पुग्ने बताएका छन्। उनले भने,”हाम्रो एजेन्ट मार्फत नै क्लवहरुमा प्रशिक्षण र ट्रायलहरु भएका छन् ,मार्बेलामा लगभग प्रशिक्षण सकिएको छ सम्भवत: अर्को साता बेल्जियम जानु पर्ने हुन्छ।”

प्रशिक्षण तथा ट्रायलमा राम्रो प्रदर्शन गर्न सकेमात्र क्लवमा अनुबन्धित हुने प्रक्रिया अगाडी बढ्ने समेत उनले बताए। युवा स्ट्राईकर बिष्ट मार्बेला युनाईटेड एफसीमा गत बर्ष पनि प्रशिक्षणका लागि स्पेन आएका थिए। युरोप आए पछि धेरै कुराहरु सिक्न पाएको बताउँदै सबै खेलाडीहरुलाई यस्तै अबसर मिलेको खण्डमा राष्ट्रिय टोलि झनै मजबुत हुदै जाने बिश्वास ब्यक्त गरे।

बिश्वकप फुटबलमा नेपालको सहभागिता बारे गरिएको प्रश्नमा बिष्ट भन्छन्,” नेपालले यसरी नै प्रगती गर्दै गयो भने एक दिन अबश्य बिश्वकप खेल्नेछ। हामीले पहिले भन्दा अहिले राम्रो गर्दै आएका छौ,यसरी नै खेललाई सुधार गर्दै लानु पर्छ तर बिश्वकप सम्म पुग्न भने टिमले कडा मेहनत र परिश्रम गर्नु पर्छ।”

दुर्भाग्य नै भन्नु पर्छ अन्तराष्ट्रिय खेल गराउनु पर्यो भने नेपालमा एउटा राम्रो मैदान समेत छैन उनले भने, “ भूकम्पले एउटा भएको रंगशाला पनि भत्काईदियो,तर यसलाई छिट्टै मर्मत गर्नु पर्ने हो हाल सम्म भएको छैन”। सबैको सहयोग र साथ मिलेको खण्डमा मात्र फुटबलको बिकास हुने बिष्टले बताए। नेपालमा नै घरेलु दर्शक माँझ अन्तराष्ट्रिय स्तरको मैदानमा, देशका लागि खेल्ने सपना रहेको पनि उनले सुनाए।

युवा खेलाडी बिष्ट सँग पत्रकार बसन्त रानाभाटले लिएको भिडियो अन्तरबार्ता हेर्नुहोस् :-

Share.

Leave A Reply