११ वैशाख २०८१

स्वर्गीय मनोज ठगुन्नाको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

0

मान बहादुर के.सी., यूएई। आपत्ति र बिपत्तीका परेका बेला सहयोग गर्नका लागि सधैं अग्र पंतिमा रहने सुदूर पश्चिम सेवा समाज यूएईले स्वर्गीय मनोज ठगुन्नाको परिवारलाई रु ५०,००० ( पचास हजार ) आर्थिक सहयोग गरेको छ।
उक्त आर्थिक सहयोग रकम सुदूर पश्चिम सेवा समाज यूएईका संस्थापक अध्यक्ष शिवराज जोशीले स्वर्गीय मनोज ठगुन्नाका बुबालाई प्रतक्ष्य भेटेर हस्तान्तरण गरेका थिए।
कंन्चनपुर जिल्ला भीमदत्त नगरपालिका ६ बनगाउका ठगुन्ना विदेशमा मेहनत गरी कमाएर घरपरिवारलाई सुख दिने सपना बोकेर यूएई पुगेको ९ महिना मै ११ डिसेम्बर २०१६ का दिन २४ बर्षको कलकलाउदो उम्मेरमा हृदयघातका कारण ज्यान गएको थियो।
सहयोग रकम बुझ्दै स्वर्गीय ठगुन्नाका बुबाले दु:खद घडिमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरु र सुदूर पश्चिम सेवा समाज यूएई प्रती हार्दिक आभार प्रकट गरेको शिवराज जोशीले हामीलाई बताए ।
त्यस्तै बैदेशिक रोजगारीको शिलशिलामा यूएईमा कार्यरत बिदामा घर गएका बेला चार महिना पहिले बस दुर्घटना परि घाईते भएका कंन्चनपुर जिल्ला बेतकोट नगरपालिका १ चम्पापुर निबासी मनोज शाहुलाई उपचारमा केही राहत होस् भनि रु २५,००० ( पच्चिस हजार ) आर्थिक सहयोग गरेको छ।
सुदूर पश्चिम सेवा समाज यूएईका संस्थापक अध्यक्ष शिवराज जोशी र दुबई क्षेत्रीय समितिका सचिब हिम्मत बोहोराले घाईते शाहुको घरमा गई भेटेर हालखबर बुझी सो आर्थिक सहयोग प्रतक्ष्य शाहुकै हातमा हस्तान्तरण गरेका हुन ।

उपचारका लागि सहयाेग गरेकोमा खुशी ब्यक्त गर्दै उपचारार्थ शाहुले सुदूर पश्चिम सेवा समाज यूएई र सम्पूर्ण सहयोगी मनहरु प्रती हार्दिक आभार प्रकट गरेका थिए ।

Share.

Leave A Reply