१३ वैशाख २०८१

एफएनजे बेलायत शाखा अध्यक्ष खपाङ्गी सम्मानित

0

१५ जनवरी २०१७, इन्दिरा चाम्लिंग बेल्जियम। नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरलाई प्रवासमा रही नेपाली पत्रकारिता क्षेत्रमा बिशिष्ट योगदान दिएकोले नेपाल पत्रकार महासंघ युरोप शाखाले सम्मान गरेको छ ।

यसै हप्ता बेल्जियमको ओन्ज हाऊस लुभेनमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली महासंघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम , र महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले पत्रकार मगरलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

युरोप शाखाका अध्यक्ष राईको सभापतित्वमा भएको सो कार्यक्रममा बेल्जियममा रहेका नेपालीका तर्फबाट एनआरएन अध्यक्ष गौतमले मगरलाई स्वागत गरेका थिए । यस्तै, विश्व मगर संघ बेल्जियमका तर्फबाट अध्यक्ष मार्के मगरले पत्रकार खपांगीलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा खपांगी मगरले बेलायतको नेपाली पत्रकारिताका बारेमा जानकारी दिएका थिए ।

युरोप शाखाका वरिष्ठ उपाध्यक्ष ओम शर्माको संचालनमा भएको सो कार्यक्रममा एनआरएन आइसिसीका सदस्यद्वय जानकी गुरुङ र नेत्र मगर, नेपाली काँग्रेस महासमिति सदस्य सीता सापकोटा,  एनआरएन बेल्जियम निबर्तमान महासचिब माधव सापकोटा, तामाङ समाज युरोपका संयोजक एबम आदिबासी जनजाति महासंघ बेल्जियमका ऊपाध्यक्ष बाबुराजा लामा तामाङ र तामांग समाज बेल्जियम अध्यक्ष राम लामा, शेर्पा किदुग बेल्जियम बरिष्ठ ऊपाध्यक्ष पीडी शेर्पा , ओष्ट्न्डे समाजका आङफुरी शेर्पा, विश्व मगर महासंघ अध्यक्ष मार्के मगर, संघीय समाज बेल्जियमका  महासचिव लोक राना, मिलन मगर ,पत्रकार वीरमान घर्तीमगर र निलम घिमिरे सापकोटा लगायतको  कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा पत्रकारहरु र सहभागीहरुबीच अन्तर्क्रिया  सम्पन्न गरिएको थियो।

Share.

Leave A Reply