११ वैशाख २०८१

झलक दिखला जाको फाइनलिस्ट तेरियालाई भोट गर्न अनुरोध

0

सानु घिमिरे। बिलक्षण प्रतिभा एबं बेजोड जादुमय नृत्य कलाका कारण ११ बर्षीया तेरिया फौजा मगर लाखौं नेपालीको अथक प्रयासलाई सार्थक रुप दिंदै बिस्वकै झन्डै १८ प्रतिशत जनसख्या भएको क्षेत्रको १४ वर्ष उमेरसम्मका झण्डै ४ लाख बालबालिकाले भाग लिएको प्रतियोगितामा छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि परेर डीआईडी लिटिल मास्टर्सको सेसन ३ को बिजेता भएर राष्ट्रिय गौरब उचो पार्न सफल भइन २०१४ मा । राष्ट्रिय गौरब र प्रतिस्ठालाई उचो पार्ने काम गरेकीले लुम्बिनी-कपिलवस्तु दिवस अभियानले उक्त बिजयपस्चात नेपाल आउने बित्तिक्कै तात्कालिन उप-प्रधानमन्त्री माननीय प्रकाशमान सिंहज्यूको प्रमुख आतिथ्यतामा उन्लाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानको “लुम्बिनी वालिका शान्ति दूत” को रुपमा नियुक्त र सम्मान गरेको थियो ।

भारतीय टेलिभिजन च्यानहरुबाट प्रसारण हुने डान्स रियालिटी शोहरुमध्ये सर्वाधिक राशिको झलक दिखला जा सिजन ९ को फाइनलमा पुगेकी हाल कक्षा ८ मा अध्ययनरत १४ वर्षीया तेरिया फौजा मगरले फाइनलमा डिआइडी सिजन १ एवं झलक दिखला जाकै पूर्वविजेता सलमान युसुफ खान तथा वल्र्ड हिपहप च्याम्पियनसिपिका विजेता शान्तनु महेश्वरीसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेुपर्नेछ ।

उपाधिको नतिजाका लागि आगामी जनवरी १४ तारिखदेखि २१ तारिखसम्म एसएमएस र अनलाइन भोटिङ खुला गरिदैछ । कलर्स टेलिभिजनबाट प्रसारण हुने यो रियालिटी शोमा डान्स सेलिब्रेटीहरुबीच मात्र प्रतिष्पर्धा हुन्छ । तेरिया डिआईडी लिटिल मास्टर्स २०१४ की विजेता भएकाले झलक दिखला जामा प्रवेश पाएकी हुन् । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनले सञ्चालन गर्ने यो प्रतियोगिता विजेताले नगद भारु ३० लाख तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गर्नेछन् ।

गत जुलाइमा प्रारम्भ भएको यो प्रतियोगितामा १२ जोडी (पुरुष र महिला) डान्स सेलिब्रेटी छनौट भएका थिए । तेरियासहित ५ जना जुनियर अक्टुबर ८ तारिखमा ‘च्यालेन्जर’का रूपमा प्रवेश गरेका थिए । प्रवेश गरेको दुई हप्तामै उनीहरू २२ अक्टुबरमा प्रतियोगिताबाट बाहिरिए । २६ नोभेम्बरमा तेरियासहित अन्य तीन जना जुनियरले ‘वाइल्ड कार्ड’ मार्फत प्रतियोगितामा पुन: प्रवेश पाए, जसमध्ये दुई जना पुन: ‘आउट’ भए ।

तेरियाले भने आफ्नो विलक्षण प्रतिभामार्फत निर्णायकको मन जित्दै सर्वाधिक अंकसहित उपाधिको दावेदारका रूपमा आफूलाई उभ्याइन् । सेमिफाइनलबाट फाइनलसम्म आइपुग्दा तेरियाले आफू भन्दा सिनियर र नृत्यमा अग्रणी मुम्बईका दुई हस्तीलाई उनीहरूकै भूमिमा पछि पार्दै आफूलाई पहिलो नम्बरमा राख्न सफल भइन् । निर्णायकहरूले तेरियाको अतुलनीय आत्मविश्वास र विलक्षण नृत्य कलाको मुक्तकण्ठले प्रशंसा गर्दै आएका छन् ।

संस्थागत अभिभावकको हैसियतमा यति सानो उमेरदेखि नै बिभिन्न च्यारिटी गतिबिधिका माध्यमबाट सामुदायिक विकास मार्फत देश विकास र समाज रुपान्तरण कार्यमा सहभागी हुँदै तेरिया नेपाली मलाला बनून, सबैको ढुकढुकी बनून, सबैको आँखाको नानी बनून भन्ने शुभेच्छा प्रकट गर्दै नेपाल र नेपाली प्रतिस्ठाको लागि यो पटक पनि एकताबद्ध भएर सबैले उन्लाई भोट दिएर विजयी बनाउन सहयोग गर्नु हुन अभियानको तर्फबाट हार्दिक अनुरोध गर्दछु ।

भोट गर्ने तरिका: यदि इन्डियामा हुनुहुन्छ भने SMS बाट TER type गरि 56882 पठाउनुहोला वा संसारको कुनैपनि ठाँउबाट अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट दिन सक्नु हुनेछ । भोटिंग लाइन जनवरी १४ रातिको १० वजेबाट खुल्नेछ !

Share.

Leave A Reply