१३ वैशाख २०८१

डायस्पोराको चम्किलो तारा-गोरख घले

0

डिल्ली राम अंमाई बेल्जियम। गोरखाको मान्बु,३ बाट २०००मा बेल्जियम आएका राम घलेका दुई छोरा मध्ये गोरख घले जेठा हुन । २००८ मा बेल्जियममै जन्मिएका उनी पढाईमा भने फुटवलमा जस्तो अब्बल नभएको उनकी आमा बिना घलेले जानकारी दिदै भनिन,ऊ पदाइमा भन्दा बढी फुटबलमा अभ्यासरत छ, दुइटा क्लबमा ५ दिन फुटवलको अभ्यासमा जानु पर्छ । पढाई मध्यम नै छ । ‘

पङ्तिकारले रुची र इच्छा बारे प्रश्न राख्दा गोरखले मुसुक्क हाँस्दै भने,’एक पटक बार्सिलोनाको विश्वा प्रसिध्द फुटवल खेल मैदान हेर्ने धोको रहेको साथै नेपालको राष्ट्रिय टिमबाट खेल्ने र युरोपका प्रख्यात क्लबबाट खेल्दै गोरखालीको नाम विश्वमा चम्काउने धोको रहेको छ । ‘ पङ्क्तिकारको शुबेक्षा छ उनको यो धोको पुरा होस् ।

मान्छेको जीवनबारे प्रारब्धमा लेखिएको हुन्छ या हुँदैन भन्ने बहस निरर्थक छ भन्ने ठम्म्याइ हो पङ्क्तिकारको । तर यति चाहिँ भन्न सकिने रहेछ कि जीवनमा कतै पुग्नु छ भने त्यसका लागि प्रचुर प्रयास सहित् सपना जरुर देख्न सक्नुपर्छ। अनि त्यो सपना पछ्याउने दृढ अठोट र पसिना बगाउने संकल्प त चाहियो नै। ८ बर्षको कलिलो उमेरमा गोरख घलेले मारेको छलाङ त्यही सपना र पसिनाको सम्मिश्रण हो।

आज हाम्रो नेपाली कलिलो फुटबल् च्याम्पियन बेल्जियममा हिरो भएको छ । यति धेरै फुटबललाई माया गर्ने नेपाली दर्शक भएर पनि दुई बर्ष सम्म एउटा ट्रफी जित्न नसकेको क्षेत्रिय बाल फुटबल् क्लब एक्टिभ प्रोभान्सबाट गोरखको प्रवेसले फस्ट मेडल उठाइदिएको छ ।  गोरखको आगमनले क्लबमा उत्साह थपेको कोचरले बताउदै उसको भबिस्य फुटबल् खेलसँगै जोडीएर जानसक्ने प्रसस्त लक्षणहरु देखिएको तर्फ उनले पङ्तिकारसँगको कुराकानीमा संकेत गरे  । पछिल्लो दुई बर्षको अन्तरालमा दुई/दुई वटा प्रसिद्द अन्तर्राष्ट्रिय ट्रफीमात्र बेल्जियम भित्रिएको छैन एउटा सामान्य नेपाली किशोरले विदेशी भूमीमा उसको उमेर समुहको खेलमा तीन पटक ह्याट्रिक समेत गरिसकेको छ।

यसरी गोरख घले , ८ वर्षको उमेरमा आज सारा बेल्जियम,निदर्ल्यान्ड र बेलायतका फुटबल फ्यानहरु बिच चिनिन सफल  छ। उसका बाबु राम घलेले भने, ‘ मेरा लागि भने गोरख आज चम्किएको हैन। तीन चार बर्शे बच्चै हुँदा त्यही बेला आजकै जस्तो चकचके थियो उसको खुट्टा, कुनै पनि गोलो बस्तुलाई फुटबल् जसरी खेल्थ्यो, अविभावकको आँखा छलेर कुनै पनि बेला फुटबलमै रमिरहेको भेट्थ्यौ हामीहरुले, त्यती बेलै देखी मैले उसको भबिस्य फुटवलमा चम्किने सपना देखिसकेको थिएँ  । ” थप प्रसङमा उनले अचम्म मान्दै थपे,’कुरो २०१४ तिरको हो सर, छोराको फुलबल प्रती रुची देखेर मैले एकदिन मेरै सुसी हाउसमा आउने एक ग्राहकसँग उसको रुची र भबिस्य बारे चासो राखेँ । उनले मेरो कुरालाई गम्भिर ढंगले लिदै सिन्जोफ नामक बाल फुटबल क्लब बारे जानकारी दिए । त्यसपछी मैले उक्त क्लबमा प्रकृया सहित् भर्ना गर्नको लागि आबेदन दिएँ । उसको सिप, क्षमता र रुचिको परिक्षण पस्यात बिधीबत रुपमा ऊ,उसको उमेर समुहको टिममा सहभागि भयो । उसलाई तत्काल समुह ‘सि’ मा राखेको थियो २०१५ को जुन तिर उसको सफलता देखेर कोचरले ‘सि’ ग्रेडबाट ‘बि’ मा नलगी ‘ए’ मा स्तर बृद्धि गर्‍यो । ‘

२०१५ मा उनको उमेर समुहमा ‘बेल्जियम च्याम्पियन’ घोसित घले २०१५ जुलाई २६ मा पुन ‘बेस्ट प्लेयर’ उपाधिबाट बिभुसित भएपछी उनको माग बेल्जियमका बिभिन्न क्लबहरुमा ह्वात्तै बढेको छ । सेन्जोफ क्लबको वार्षिक करारनामा नसकिँदै बेल्जियमको प्रसिद्ध क्लब एक्टिभ क्लबले उनलाई ३ बर्षे करारनामा गराइ सकेको छ । उनी अहिले अत्यन्त ब्यस्त छन । बेलायतको इभरटोन नामक विश्व प्रसिद्ध बाल फुटबल क्लबलाई २०१६ को डिसेम्बरमा ६-० ले धुलो चटाएका उनको टिमले अन्तरराष्ट्रिय गोल्ड मेडल सहित प्रथम पुरस्कार पनि हात पारिसकेका छन । त्यसको लागि उनको पहिलो कोचर फ्रेन्क र आफ्नो बुवा ममिको प्रेरणादाइ नेत्रित्वलाई आफ्नो सफलताको हकदार मान्दछन उनी । एकदिन हजुरबुवा बिराट घले र हजुरआमा अाइतिमाया घलेको नाती गोरखलाई संसार भरिका फुटबल प्रेमिहरुले चिन्न सकुन यही बेल्जियम ‘फुटबल च्याम्पियन’ नेपाली फुटबलका आशातित किरणलाई नयाँ बर्षको शुभकामना ।

Share.

Leave A Reply