१५ चैत २०८०

भारतको अघोशित नाकाबन्दी र भारतको हेपाहा प्रब्रितीको बिरुद्ध जर्मनीमा बिरोध प्रदर्शन हुने

0

भारतको अघोशित नाकाबन्दी र भारतको हेपाहा प्रब्रितीको बिरुद्ध  जर्मनीमा बिरोध प्रदर्शन हुने भएको छ। जर्मनी भित्र रहेका सबै राजनैतीक र सामाजिक संघ संस्थाहरु मिलेर संयुक्त रुपमा जर्मनीका लागि भारतीय दुताबास र भारतीय कन्सुलेटमा बिरोध पत्र बुझाउने तथा भारतको हेपाहा प्रब्रितीको बिरोध गर्दै जर्मनीबाट बिरोध कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उदेश्यले निम्न स्थान, समय र मितीमा बिरोधको कार्यक्रम गर्न लागेको र कार्यक्रममा सहभागी हुन आउँदा आ-आफ्नो राष्ट्रियता झल्किने पोसाक लगाएर आउनहुन र आफु संग भएको नेपालको राष्ट्रिय झन्डा बोकेर आउनहुन अनुरोध गरेको छ।

आदरणिय जर्मनबासी नेपाली दिदी बहिनी तथा दाजुभाइहरु
यतिबेला सार्वभौमसत्ता सम्पन्न हाम्रो राष्ट्र नेपाल र नेपाली आमा समस्यामा परेकी छिन। हाम्रो छिमेकी मुलुक भारतले गत असोज ६ देखि नेपाल आउने मालबाहक साधन चल्न नदिई ढुवानी ठप्प पारेर अघोषित नाकाबन्दी सुरु गरेको छ। बर्तमान संबिधान र त्यस्का अन्तर्बस्तु सँग हाम्रा सहमती वा बिमतीहरु होलान त्यो आफ्नो ठाउमा छ, तर त्यो हाम्रो नितान्त घरायसी मामिलाहो । जनताबाट निर्वाचित जनप्रतिनिधिको अत्यधिक बहुमतले पारित गरेको संविधानविरुद्ध खुलारूपमा उत्रेर कुट्नितिका सामान्य मर्यादाहरुलाई समेत तोड्दै नेपालको राष्ट्रिय स्वाभिमानमा जाइलाग्ने काम भारतले गरी रहेको छ। भारत सरकारले गरेको अघोसित नाकाबन्दीले आक्रान्त बनेको नेपालमा दैनिक उपभोग्य वस्तुको हाहाकार मच्चिन थालेको छ। त्यस्मा पनि नेपालीहरुको नजिकै आइरहेको चाड दसैंको पुर्व सन्ध्यामा।

निश्चय पनि मधेशमा आन्दोलनरत थारू र मधेसी समुदायका जायजमागहरु सम्बोधन गरिनु पर्दछ तर नेपालको अन्तरिक समस्यालाई उपयोग गर्दै भारतले आफ्नो छिमेकी राष्ट्र नेपालप्रती देखाएको दादागिरीको बिरोध र भर्तसना गर्नु आज हामी सबैको कर्तब्य बनेको छ। आफ्नो राष्ट्रिय स्वाभिमानलाई जोगाउन बिदेशमा बसेका हामी नेपालीहरुले भारतको हेपाहा प्रब्रितीको बिरोध गर्दै यो मुद्दालाई अन्तराष्ट्रियकरण गर्न सके हामीले नेपाल र नेपाली आमाको लागि धेरै गर्न सक्ने छौ। नेपाल र नेपालीहरुलाई भारतबाट अहिलेको घोषित नाकाबन्दीबाट परेको असरहरुको सामना गर्न र बिदेशी सामु आत्मसमर्पण नगर्नको लागि मनोबल उच्च पारी राख्न पनि हामीले बिदेशमा रहेका सच्चा राष्ट्र भक्तहरुले केही न केही गर्नै पर्दछ।

त्यसैले एनआरएनएको संयोजनमा जर्मनी भित्र रहेका सबै राजनैतीक र सामाजिक संघ संस्थाहरु मिलेर संयुक्त रुपमा जर्मनीका लागि भारतीय दुताबास र भारतीय कन्सुलेटमा बिरोध पत्र बुझाउने तथा भारतको हेपाहा प्रब्रितीको बिरोध गर्दै जर्मनी बाट बिरोध कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उदेश्यले निम्न स्थान, समय र मितीमा बिरोधको कार्यक्रम राख्न गईरहेका छौ। यसैले उक्त कार्यक्रममा सहभागी भएर आफ्नो देशभक्ती जनाउन हुन हार्दिक अनुरोध गरिन्छ। कार्यक्रममा सहभागी हुन आउँदा आ-आफ्नो राष्ट्रियता झल्किने पोसाक लगाएर आउनहुन र अफु संग भएको नेपालको राष्ट्रिय झन्डा बोकेर आउनहुन हार्दिक अनुरोध गरिन्छ।

कार्यक्रम हुने स्थान :
Consulate General of India in Frankfurt
Friedrich-Ebert-Anlage 26, 60325 Frankfurt am Main, Germany
समय : दिउसो १ बजे
मिती : २०१५-१०-०८ बिहीवार
बिरोध कार्यक्रमको आयोजकहरुको रुपमा निन्म संघ संस्थाहरु रहेका छन।

-गैर आबासिय नेपाली संघ जर्मनी , अद्यक्ष नब राज रोस्यारा टेलिफोन:+4915164322589
-नेपाली जन प्रगतिशिल मन्च जर्मनी , अद्यक्ष, सागर पोखरेल, टेलिफोन:+ 4917621605521
-नेपाली जन संपर्क समिती जर्मनी , सभापति, बिजय मोक्तान, टेलिफोन:+4917660899584
-प्रबासी नेपाली मन्च जर्मनी, अद्यक्ष, रण बहादुर बिक, टेलिफोन: +4917680409161
-अन्तराष्ट्रियताबादी नेपाली एकेबद्दता मन्च जर्मनी (इन्सोफ) : + 4917638701734
-हिमालयन परिवार म्युनिख अद्यक्ष, हरी न्यौपाने, टेलिफोन: +4917634901355
-अन्तराष्ट्रिय कलाकार समाज जर्मनी , अद्यक्ष, सन्तोष राज गुरुङ, टेलिफोन: +491638498202
-अन्तराष्ट्रिय कलाकार मन्च जर्मनी अद्यक्ष, बेल गुरुङ, टेलिफोन:+ 491744653494
-चौतारी समाज जर्मनी अद्यक्ष, कृष्ण प्रशाद गौतम, टेलिफोन: +491602908376
– गैर आबासिय नेपाली संघ जर्मनी, एलसीसी हेसेन, कोर्डिनेटर लोकमणी ढकाल, टेलिफोन:+4917663071150
– जनजाती समाज e.V. म्युनिख, अध्यक्ष प्रेम सिङ गुरुङ टेलीफोन: +4917623212369
-Nepal Pariwar – Familienkreis Nepal – e.V. अद्यक्ष, मेरी श्रेष्ठ,टेलीफोन:
-जर्मनीमा रहेका नेपाली विद्यार्थीहरु

पुनश्व: बिरोध कार्यक्रममा आयोजकको रुपमा सहभागी भइ सकृयरुपमा भाग लिन हुन चाहने अरु संघ संस्थाहरु छन भने संपर्क गर्न हुन अनुरोध गरिन्छ।

Share.

Leave A Reply