१५ चैत २०८०

नेपाली समाज रोमको पाँचौ अधिबेशन सम्पन्न्न |

0

होम रानाभाट, इटाली। नेपाली समाज रोमको पाँचौ अधिबेशन यहि २७ सेप्टेम्बरमा सम्पन्न भएको छ। समाजका अध्यक्ष श्री देवराज गुरुङको  अध्यक्षतामा सम्पन्न उक्त अधिबेशनमा इटालीका लागि नेपालका बाणिज्यदुत Paolo Nugari , गैर आबासीय नेपाली संघ इटालीका  अध्यक्ष श्री छेत्र कुमार श्रेष्ठ, अ.ने.क.स. इटालीका उपाध्यक्ष पार्वती शेरचन, नेपाली समाज रोमका संस्थापक  अध्यक्ष प्रकाश महर्जन, जनसम्पर्क समिति इटालीका  अध्यक्ष रमेशराज लामिछाने, प्रबासी नेपाली मंचका  अध्यक्ष धर्मराज पाण्डे, जनप्रगतिशिल मोर्चा इटालीका उपाध्यक्ष हरि लामा गोम्देनले नया कार्यसमितिको सफलताको शुभकामना दिदै आ -आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाउनु भएको थियो। नेपाली समाज रोमलाई बिशेस  सहयोग गर्नुहुने Onorevole Consolato sig . Paolo Nugari , शंकर गौतम, बेल बहादुर रानाभाट र चन्द्र बहादुर लामालाई सम्मान पत्र एबम प्रसंसा पत्र प्रदान गरिएको थियो।  कोशाध्यक्ष हिरसिंग थापा (सफल)ले आर्थिक प्रतिबेदन र सचिब होम रानाभाटले सचिवको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। निर्बाचन संयोजक श्री श्रीकृष्ण सुबेदीले नवनिर्बाचित कार्यसमितिलाई सपथ ग्रहण गराउनु भएको थियो। देवराज गुरुङ पून :  अध्यक्षमा निर्बाचित हुनुभयो भने . भक्तराज आचार्य (उपाध्यक्ष)

 बलराम सुबेदी ( सचिब ), शंकर गौतम (सहसचिब), हिरा सिंह थापा कोषाध्यक्ष,सदस्यहरुमा  मिना अर्याल घिमिरे, भावा मल्ल,जागेश्वर यादब, अनन्त बहादुर बस्नेत, सबिन कुमार श्रेष्ठ, जिबन शर्मा, सुजन भट्टचन, राधा सेर्बुजा हुनुहुन्छ। 

उक्त कार्यक्रम नेपाली समाज रोमका निबर्तमान सचिब होम रानाभाटले संचालन गर्नु भएको थियो। 

Share.

Leave A Reply