१३ वैशाख २०८१

एन आर एन युरोपियन उपसंयोजक पदमा शिवकुमार बरुवालको उम्मेदवारी

0

गैर आवासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको सातौ महाधिबेशन नजिकिदै जादा संसारका बिभिन्न देशबाट केन्द्रिय समितीमा  उम्मेद्बारी घोषणा भइ  रहेको छन । यसै क्रममा   बेल्जियमबाट  शिव कुमार बरुवालले पनि एन आर एन ए आइ सि सि युरोप उपसंयोजक पदमा आफ्नो उमेदवारी घोषणा गर्नु भएको छ ।

एन आर एन को स्थापना काल देखी नै एन आर एनको अभियान संलग्न हुँदै  २००७ को एन आर एन बेल्जियम को प्रथम अधिबेशन बाट सचिबालय सदस्य , २०११ मा एन आर एन बेल्जियमको  महासचिब  र २०१३ मा आइ सि सि सदस्य मा रहेर काम गरेका गरी सकेका  बरुवालले  आफु एन आर एन को अभियानमा सुरु देखी नै निरन्तर लागि रहेको र अहिले आइ सि सि सदस्य भएकोले आगामी दिनमा  एन आर एन को अभियान मा अझ जिम्मेवारीका साथ लाग्नको लागि र देशको पुन निर्माण र  संबिधान घोषणा पछाडि सम्रिद्व  नेपाल निर्माणमा सकृय  योगदानको लागि आफुले यस पदमा उमेदवारी दिएको बताएका छन ।   उहा एन आर एन बेल्जियमको बिभिन्न जिम्मेवारीमा रहदा एन आर एन बेल्जियम र एन आर एन आइ सि सि ले सुरु गरेका सबै प्रकारका परोपकारी काममा आफुलाई सकृय सहभागी गराउनु भएको छ । गएको बिनाश कारी भुकम्प पीडित हरुको  सहयोगार्थ बेल्जियम राहत संकलन कार्यमा सकृय भूमिका निभाउनु भएको थियो।  

भूकम्पपछि अहिले देश पुन:निर्माणको लागि एनआरएनको काँधमा ठूलो जिम्मेवारी आएको छ त्यसैले युरोपमा रहेका नेपालीलाई अझ संगठित गर्दै देशको पुन निर्माणमा लाग्न प्रेरित गर्ने , युरोपमा युरोपियन युनियन लगायत यहाँका संघ संस्था ब्याबसायी लाई नेपालमा सहयोग तथा लगानी गर्न प्रेरित गर्ने ,  युरोपमा एन आर एन ए एन सि सि लाई थप देशमा बिस्तार  गर्ने , अहिले युरोपमा सकृय २७ वटा राष्ट्रिय समन्वय परिषद लाई अझ संस्थागत , दिगो र एन आर एन आइ सि सि प्रती उत्तरदायी बनाउने , युरोपमा बसेका हामी नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यस्को निराकरणमा प्रयास गर्ने , युरोपमा जन्मे हुर्केका नेपाली बाल बच्चाहरु लाई एन आर एनमा समाहित गरौदै हाम्रो देश , हाम्रो भाषा र हाम्रो सक्रिती प्रती रुची जगाउने जस्ता  कार्ययोजना सहित आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।             

नेपालको म्याग्दीमा स्थाई घर भएका शिव कुमार बरुवाल सन  २००० मा बेल्जियम  प्रबेश संगै बेल्जियम बिभिन्न सामाजिक संस्थामा संलग्न भएर नेपालको चारिटी कार्यमा सकृय रुपमा संलग्न हुँदै आएका छन उहा द हिमालयन सोसाइटी बेल्जियमको संस्थापक महासचिब र मोना बेल्जियमको संस्थापक अध्यक्ष हुन भने बेल्जियमका अन्य धेरै बैचारिक तथा सामाजिक संस्थाको नेत्रित्वो गरेका छन ।  उहाले बेल्जियममा बिशेष गरेर नेपाली उत्पादन हरुलाई बेल्जियम र युरोपको बजामा बिक्री बितरण र बिस्तार गर्ने ब्याबसाय गर्दै आउनु भएको छ ।

Share.

Leave A Reply