१३ वैशाख २०८१

भारतीय दुताबासमा बिरोध प्रदर्शन गर्न संयुक्त अपिल

0

स्विट्जरल्याण्डको राजधानी बेर्न स्थित भारतीय दूतावासमा नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्ड, नेपाली ऐक्यबध्दता मंच स्विट्जरल्याण्ड र प्रबासी नेपाली मंच स्विट्जरल्याण्डको संयुक्त आयोजनामा २८ सेप्टेम्बर २०१५ सोमबारको दिन बिरोध प्रदर्शन गर्ने भएको छ।

संबिधान सभाको ९० प्रतिशत भन्दा बढी माननीय सदस्यहरुबाट पारित भै नेपालको संबिधान २०७२ लागु भैसकेको बेला संबिधान प्रति असन्तुस्ट बनेको भारत सरकारले नेपालमा विभिन्न बहानामा नाङ्गो हस्तक्षेप बढाएकोले स्विट्जरल्याण्ड वासि नेपालीहरु घोर आपती प्रकट गर्दै यो बिरोध प्रदर्शन गर्न लागेको जनाईएको छ।

बिरोध प्रदर्शनको पूर्ण पाठ:

आदरणीय स्विट्जरल्याण्ड बासी नेपाली दाजुभाइ, दिदीबहिनी हरु, स्विट्जरल्याण्ड स्थित सम्पूर्ण संघसंस्था का अध्यक्ष ज्यू हरु, पदाधिकारी ज्यू हरु, पत्रकार मित्र हरु, नेपाल र नेपालीलाई माया र सम्मान गर्ने सम्पूर्ण बिदेशी मित्र हरु, संबिधान सभामार्फत जनताको संबिधान लेख्ने नेपालि जनताको करिब सात दसक लामो चाहना बमोजिम सार्वभौमसत्ता सम्पन्न नेपाली जनता द्वारा निर्वाचित संबिधान सभाको ९० प्रतिशत भन्दा बढी माननीय सदस्य हरुबाट पारित भै नेपालको संबिधान २०७२ लागु भैसकेको त यहाँ हरु सबैलाई अबगतै छ | त्येस्तै संबिधान र संघियता को सिमांकन लगाएत मा असन्तुस्ट बनेका तराइ केन्द्रित दल हरुद्वारा तराइ /मधेस मा बिगत चालिस दिन देखि आन्दोलन चलिएरहेको तथा उक्त आन्दोलन मा करिब चार दर्जन आन्दोलनकारी तथा सुरक्षा कर्मिको ज्यान गैसकेको छ |

संबिधान एक जीवित दस्ताबेज भएको र संबिधान ले सम्बोधन गर्न छुटेका तराइ मधेश का उचित माग हरुलाई बार्ता द्वारा सम्बोधन गरिने प्रमुख तिन दल को बारम्बारको आश्वासन र आब्वान हुदा हुदै पनि हालै जारि भएको संबिधान प्रति असन्तुस्ट बनेको भारत सरकार ले नेपालमा विभिन्न बहानामा नाङ्गो हस्तक्षेप बढाएको छ | एक सार्भभौम सत्ता संम्पन्न राष्ट्र माथिको भारतीय नाङ्गो हस्तक्षेपको स्विटजरल्याण्ड स्थित हामि तिन संगठन घोर भत्सर्ना गर्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्न भारत सरकार संग अपिल गर्दछौ | बिगत देखि नै कुनै न कुनै बहाना मा नेपाल माथि आफ्नो प्रभुत्व जमाउन खोज्ने भारत सरकार र प्रशासन ले कहिले सिमा बिबाद त कहिले आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आइरहेको छ | त्येसको ज्वलन्त उदाहरण संबिधान जारि हुनु पहिले आफ्नो बिसेष दुत नेपाल पठाएर संबिधान रोक्न गरेको असफल प्रयास, संबिधान बनिसकेपछि व्यक्त गरेको असन्तुस्टी पूर्ण बिज्ञप्ति र हालसालै भारतीय मिडियामा प्रकासित नया संबिधान मा भारतीय पक्ष ले राख्न खोजेको सात बुदे प्रस्ताब, अघोषित सिमाना बन्द र नाकाबन्दी हुन् | भारतको यस प्रकार को गतिविधिप्रति हामी स्विट्जरल्याण्ड बासि नेपाली हरु घोर आपती प्रकट गर्दछौं | भारत सरकार को यस रबैयाको बिरोध गर्दै यहि आउदो सोमबार २८ सेप्टेम्बर का दिन बेर्न स्थित भारतीय दुताबासमा बिरोध प्रदर्सन का साथै ज्ञापन पत्र बुझाउने कार्यक्रम भएको हुदा आदरणीय देशभक्त रास्ट्रप्रेमी स्वाभिमानी नेपालीहरुलाई उक्त बिरोध प्रदर्सन मा उपस्थीत् भइ भारतीय हस्तक्षेप को बिरोध गर्न हामि हार्दिक अनुरोध गर्दछौ |

स्थान हेल्भेचिया प्लाट्ज बेर्न(Helvetiaplatz Bern, infront of einstein mesuem bern)

मिति सोमबार २८ सेप्टेम्बर समय १४.३० बजे देखि १६.०० सम्म

सम्पर्क अचुत प्रसाद फुयाल ०७६४६६७१८४

दर्शन आचार्य ०७८९१७७५११

राम महतो ०७६५८६५४५६

गुणराज शर्मा ०७६४३०३२७९

श्याम सापकोटा ०७८६७४७४४५

शुभास पोख्रेल ०७९१३८५५००

संजय मुडभरी ०७९१७६०३९५

आयोजक

जनसम्पर्क समिती स्विट्जरल्याण्ड

प्रबासी नेपाली मंच स्विट्जरल्याण्ड

नेपाली ऐक्यबद्दता मंच स्विट्जरल्याण्ड

Share.

Leave A Reply