१३ वैशाख २०८१

अमेरिकाद्वारा बधाई

0

काठमाडौँ, असोज ५ गते । संयुक्त राज्य अमेरिकाले नेपालको लोकतान्त्रिक यात्रामा भएको संविधान घोषणालाई महत्वपूर्ण उपलब्धिको सङ्ज्ञा दिँदै नेपाली जनतामा बधाई ज्ञापन गरेको छ ।

नयाँ संविधान जारी भएको सन्दर्भमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन कर्बीले आज एक वक्तव्य जारी गरी सबै नेपालीलाई शान्तिपूर्ण माध्यमद्वारा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहिरहन प्रोत्साहन गर्नुभएको छ ।

प्रवक्ता कर्बीको वक्तव्यमा भनिएको छ – “नेपाल सरकार र नेपाली जनता लोकतान्त्रिक मार्गमा अघि बढिरहेका छ । भूकम्पपछि पुनःनिर्माणमा जुटेको नेपाललाई सहयोग गर्न अमेरिका तयार छ ।” रासस

Share.

Leave A Reply