०६ वैशाख २०८१

दीप प्रज्वलनका साथमा स्विट्जरल्याण्डमा नयाँ संविधानको स्वागत

0

लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो संविधान २०७२ जारी भएको खुशियालीमा स्विट्जरल्याण्डवासी नेपालीहरुले २० सेप्टेम्बर २०१५ आइतबारका दिन दीप प्रज्वलन गरी नयाँ संविधानलाई स्वागत गरेका छन्। 

६५ वर्षको अथक प्रयास पश्चात् नेपाली जनताद्वारा चुनिएका जनप्रतिनिधिद्वारा बनाइएको संविधान २०७२ जारी भएको दिन आइतबार स्विट्जरल्याण्डको राजधानी बेर्नमा नेपाली समाज बेर्न (नेस्कोफ) को आयोजना र फडिन्द्र पन्त तथा राजकुमार शर्माको सक्रियतामा अनौपचारिक कार्यक्रम गरी दीप प्रज्वलन गरेर नयाँ संविधानलाई हर्षोल्लासका साथ स्वागत गरिएको थियो। 

देवन्सी अर्यालको साथमा एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष हिराबल गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी शुरु गर्नु भएको उक्त कार्यक्रमको संचालन बेर्नसमाजका अध्यक्ष बिष्णु थापाले गर्नु भएको थियो। 

एनआरएनए स्विट्जरल्याण्डका संस्थापक अध्यक्ष तथा प्रवासी मञ्चका अध्यक्ष संजय मुडवरी, एनआरएनए निवर्तमान अध्यक्ष धर्म गुरुंग, जुरीख स्पोर्ट्स क्लवका अध्यक्ष देव राई, आईसिसी सदस्य शिव रिजाल, ऐक्यवद्धता मञ्चका अध्यक्ष अच्युत फुयांल लगायतले उक्त कार्यक्रममा आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा जुरीख स्पोर्ट्स क्लवका अध्यक्ष देव राईले आगामी २७ सेप्टेम्बरमा क्लबले दिवा भोजको आयोजना गरिएको जानकारी गराएका थिए।  

एनआरएनए स्विट्जरल्याण्डका सचिव फडिन्द्र पन्त, उपाध्यक्ष सीमा अर्याल लगायतले उक्त कार्यक्रमको आयोजना गर्नमा सक्रिय भूमिका निभाउनु भएको थियो भने महिला कोष मार्फत नेपालमा भूकम्पबाट मृत्यु हुने एकल महिलाहरुलाई कपडा सहयोग गर्ने प्रस्ताव उक्त कार्यक्रममा गर्नु भएको थियो ।  त्यसैगरी आराउ समाजका सर्वज्ञ लम्साल, एनआरएनए निवर्तमान महासचिव तथा एनआरएनए आईसिसीको आगामी कार्यकालका लागि सह-संयोजक पदका उम्मेदवार सुवास पोखरेल आदिले पनि आ- आफ्नो विचार व्यक्त गर्दै नेपालमा संविधान जारी भएकोमा खुशी व्यक्त गर्नु भएको थियो । 

मन्तव्यको अन्तमा एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष हिराबल गुरुङले भर्खरै जारी संविधानमा संशोधन भन्ने शब्द भएकोले समय सापेक्ष सबैका मागहरु सम्बोधन हुंदै जाओस्, सबैको माग सम्बोधन होस्, सबैका भावना समेटियोस् भन्ने विचार राख्दै जारी संविधानको स्वागत गर्नु भएको थियो । 

उक्त कार्यक्रममा विशेष प्रकारको नेपाली खाना उपलब्ध गराउंदै निशुल्क रुपमा हल समेत उपलब्ध गराउनु हुने बेर्नवासी राजकुमार शर्मालाई उपस्थित सबैले ताली बजाएर स्वागत गरेका थिए । कार्यक्रमको शुरुमा स्विट्जरल्याण्डका विभिन्न स्थानबाट आएका स्विट्जरल्याण्डवासी नेपालीहरुले नेपालको राष्ट्रिय गानको धुनमा उठेर दिप प्रज्वलन गरी नेपालमा जारी संविधान २०७२ लाई हर्षोल्लासका साथ स्वागत गरी मनाएका थिए । कार्यक्रममा स्वादिष्ट नेपाली परिकारका साथमा नाचगान गरी रमाइलो मनाउंदै खुशियाली साटासाट गरिएको थियो ।

12009841_964967216896054_8413596033534733380_n12049158_964973300228779_8798803264128971304_n 12032125_964973130228796_2960369102975654719_n

Share.

Leave A Reply