०६ वैशाख २०८१

यूरोपमा रहेका प्रगतिशिल नेपालीहरुको संयूक्त प्रेस बिज्ञप्ति

0

यूगौं देखी सामन्तिबादी राज्य ब्यवस्थाबाट अन्यायमा परेका उत्पिडित नेपालीहरुले संबिधानसभावाट आफ्नो खोसिएको अधिकारलाई नेपालको संबिधान मार्फत स्थापित गराउन आन्दोलनको मार्फत आफ्नो मागलाई राज्यसम्म पुर्याउन आन्दोलन गर्नु स्वभाबिकनै हो । बिगत केहि दिन देखी नेपालको बिभिन्न भागमा आप्mना अधिकारबाट फेरी पनि ठगिने हो की भनेर आन्दोलनहरु भएका छन । आन्दोलनकै क्रममा थुप्रै दुखद घटनाहरु घटन समेत पुग्यो । आन्दोलनको केन्द्रबिन्दु कैलालीमा त्याहांका धर्तिपुत्र थारु समुदायहरुले आप्mनो अधिकार सुनिश्चित गर्न गरेको शान्तिपुर्ण आन्दोलनकै क्रमममा आन्दोलनमा घुसपैठ भई अत्यान्त अमानबिय ढगंबाट भएको घटना कुनै पनि नेपालीहरुको हितमा होईन भन्नेमा स्पष्ट हुन जरुरी छ । देसको बिभिन्न भागमा भएको घटनाले उत्पिणीत समुदायले आन्दोलनको बलवाट प्राप्त गर्न लागेको अधिकारलाई कुल्चने निहीत स्वर्थमा रमाउनेहरुवाट संचालित छ । यो आन्दोनको मुख्य जड भनेको केहि नेताहरुको निहित स्वार्थकोलागी जनताको अधिकारलाई बञ्चित गर्दै फेरीपनि अफुलाई छोटे राजाकोरुपमा स्थापित गर्ने कुचेष्टाको परिणामा हो । अहिलेको संबिधानसभाको बनोटनै नेपाली जनताले आन्दोलनबाट स्थापित मान्यताको बिपरीतमा रहेकोले प्राप्त उपलब्धिलाई रक्षागर्दै उपलब्धिहरुलाई स्थापित गर्ने तर्पm ध्यान केन्द्रित हुन परीर्वतकारी नेपालीहरुले बुभ्mन जरुरी छ । उत्पिणत जनताले गरेको आन्दोलनलाइ बदनाम गर्ने, दमन गर्ने र सधै हैकम जमाउने तत्वहरु बिगतमा खोसिएको बिरसतलाई फर्काउन सकिन्छकी भन्ने कुचेष्टा प्रति पनि सचेत हुन जरुरी छ ।

अहिले देसको बिभिन्न ठाउंमा आन्दोलनमा किन र कसरी घटना भयो भनेर सत्य तथ्य बाहिर ल्याउनु पनि राज्यको दईत्व हो र अहिलेसम्म राज्य त्यो दाईत्व पुरा गर्न नसक्नुनै अहिलेको सरकारनै दोषि हो भन्नेमा दुई मत छैन । सरकारका गृहमन्त्रि बामदेब गौतमले सुर्खेत देखी कैलाली सम्म आई पुग्दा अत्यान्त गैह्र जिम्मेवारी तरीकाबाट जनतालाई ताकी ताकी गोली हान्ने आदेस दिने र आन्दोलनको क्रममा जनता तथा सुरक्षा कर्मिहरुमा हुन सक्ने खताराको बिषयमा बिष्लेसण गर्न नसक्नुलेनै अहिले कलालीको घटनाको परिणामा हो । गृहमन्त्रि बामदेब गौतमको यति ठूलो कम्जोरीका बावजुद पनि नैतिकताको ख्यालै नगरी सत्तालिप्सा रहनुले लोकतान्त्रिक नामधारी तानासहाको रुपनै हो । हामी यस्ता निकम्वा गृहमन्त्रिले तत्काल राजिनामा दियोस भन्ने माग समेत गर्दछौं ।

कैलाली घटनालाई आधार बनाएर राज्यले दगांग्रस्थ क्षेत्र घोषणा गरी फेरी पनि न्यायपुर्ण जनताको आवाजलाई कुल्चने र जनतामाथि अत्यचार थुपार्नाले समस्याको सामाधान भन्दा अरु झन जटिल हुने बिषयमा सतर्क हुन जरुरी छ । अहिले राज्यले कैलाली लगएत बिभिन्न स्थानमा कर्पुmको समयमा पनि गाउंबस्तिहरुमा आगोलगाउने महिलाहरुमाथि अमानबिय ब्यवाहार गर्ने थारु उत्पिडित जनता भएकै कारणबाट धरपक्कड गर्ने जस्ता कार्यहरु भएको भन्ने आएकोले यि बिषयहरुमा नेपाल सरकारले स्पष्ट पार्दै तत्काल यस्ता कार्यहरु बन्द गरीयोस भन्ने माग समेत गर्दछौं । नेपाल सरकारले तथा नेपालका राजनैतिक पार्टीहरुलाई तत्काल असन्तुष्ट पक्षसंग बार्ता गरी हदै सम्मको लचकता देखाउदै जनतालाई अधिकार दिन सकुंचित नगरीयोस भन्ने माग राख्दछौं । हामी यूरोपमा रहेको प्रगतिशिल संगठनहरु समस्याको सामाधान सेना परिचालन तथा दमनबाट नभएर राजनैतिक बार्तानै हो भन्नेमा बिश्वास राख्दछौं तसर्थ अहिले देसमा भएका आन्दोलनको आवाजलाई राजनैतिक तवरलेनै सामाधान गरीयोस भन्ने माग गर्दछौं । धन्यवाद २६ अगष्ट २०१५

सुरेन्द्र भुसाल
अध्यक्ष संयूक्त नेपाली मोर्चा, यूरोप
अचुत प्रसाद फुयाल
अध्यक्ष नेपाली ऐक्यबद्धतामंच स्विट्जरल्याण्ड
डा. किष्ण अर्याल
अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नर्वे
चित्र सुवेदी
अध्यक्ष नेपाली जनप्रगतिशील मंच, वेल्जियम
कृष्ण तिवारी
अध्यक्ष नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, वेल्जियम
गम बहादुर गुरुङ्ग
संयोजक तमु राष्ट्रिय मुतिm मोर्चा , युरोप
विर मान घर्तिमगर
अध्यक्ष मगरात राष्ट्रिय मुतिm मोर्चा , युरोप
ईन्दिरा पौडेल
का. अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, वेल्जियम
मनिष गुरुङ्ग
संयोजक नेपाली जनजाति सरोकार मंच, वेल्जियम
गणेस ढकाल
अध्यक्ष नेपाली जनप्रगतिशील मंच, डेनमार्क
देबी गौतम
अध्यक्ष नेपाली जनप्रगतिशील मंच, डेनमार्क
रामशरण ढकाल
अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्वीडेन
दलराम तामागं
संयोजक नेपाली जनप्रगतिशील मंच, आईरल्याण्ड
सुरेस गौतम
संयोजक नेपाली समाज यूके
मान गुरुङ
संयोजक तमु राष्ट्रिय मुतिm मोचा,बेलायत
अरुण मगर
संयोजक मगर राष्ट्रिय मुतिm मोर्चा, बेलायत
राम गौचन
अध्यक्ष नेपाली जनप्रगतिशील मंच, पर्चुगल
दिलाराम चापांगाई
संयोजक संयूक्त संघर्ष समिती, पचुर्गल
गोबिन्द प्रसाद भण्डारी
अध्यक्ष नेपाली जनप्रगतिशील मंच, ईटाली
गंगा भुषाल
अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्पेन
धनेश घले
अध्यक्ष नेपाली जनप्रगतिशील मंच, फ्रान्स
रामचन्द्र पोख्रेल
अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नेदरल्याण्ड
सागर पोख्रेल
अध्यक्ष नेपाली जनप्रगतिशील मंच, जर्मनी
मार्के मगर
बिश्व मगर संघ, बेल्जियम

Share.

Leave A Reply