१३ वैशाख २०८१

एन्ड्रोइड फोनमा यसरी गर्नुहोस् फोन कल रेकर्ड

0

हामीले विभिन्न प्रयोजनका लागि आफ्नो मोबाइल फोनमा फोन कल रेकर्ड गर्ने गर्छौँ । फोनकल रेकर्ड गर्नका लागि एन्ड्रोइड फोनमा फरक फरक तरिका छन् । कतिपय स्मार्टफोन सेटमा फोन कल रेकर्ड गर्न सकिने प्रविधि नै हुन्छ भने एप डाउनलोड गरेर पनि एप मार्फत फोनकल रेकर्ड गर्न सकिन्छ ।

अटोमेटिक कल रेकर्डर (एसीआर) नामको एप फोन कल रेकर्डका लागि सबैभन्दा उत्तम तथा चल्तीको एप हो । यसलाई तपाइँले निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ ।

यदि तपाइँलाई स्टोरेजका लागि धेरै ठाउँ आवश्यक छ भने यो एपको सशुल्क भर्सन पनि डाउनलोड गर्न सक्नुहुन्छ । यो एप इन्स्टल गरेसँगै अब तपाइँले गर्ने सबै फोनकल यसमा रेकर्ड हुन्छन् ।

यदि तपाइँले चाहनुहुन्छ भने कतिपय नम्बरबाट आउने फोनकललाई रेकर्ड नगर्न पनि सक्नुहुन्छ । धेरैजसो स्मार्टफोनका लागि एसीआरको निशुल्क भर्सनले नै काम चल्छ तर यदि तपाइँले पैसा तिर्नुपर्ने वाला एप डाउनलोड गर्नुभयो भने अटोम्याटिक क्लाउडरमा तपाइँको रेकर्डिङको ब्याकअप रहन्छ । जसका कारण तपाइँको मोबाइलको मेमोरी खर्च हुँदैन ।

एसीआरका अलावा एचटीसी वान स्मार्टफोन प्रयोगकर्ताका लागि एक्स्पोज्ड नामक एप फोनकल रेकर्डका लागि उत्तम हुन्छ ।

त्यस्तै सोनी एक्सपेरियाका लागि एक्स रेकर्डर उत्तम हुन्छ ।

-अनलाईन खबर

Share.

Leave A Reply