१३ वैशाख २०८१

बेर्न नेपाली समाजको आयोजनामा एन. आर. एन. ए स्विट्जरल्याण्ड अध्यक्षका उम्मेद्वारका बीच अन्तरक्रिया कार्यक्रमको भिडियो

0

गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डको आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हिराबल गुरूङ र तेञ्जिङ शेर्पा बीच एक अन्तरक्रिया कार्यक्रम बेर्न समाजको आयोजनामा स्विट्जरल्याण्डको राजधानी बेर्नमा सम्पन्न भयो। हिराबल गुरूङ संघको कार्यकाल २०११ – २०१३ मा महासचिव थिए भने शेर्पा हाल कार्यसमिति सदस्य छन्। उक्त कार्यक्रममा स्विट्जरल्याण्डका बिभिन्न संघ-संस्थाका प्रतिनिधि र व्यक्तित्वहरुको उत्साहजनक उपस्थिति रहयो। यस्तै प्रकारको अन्तरक्रिया कार्यक्रम गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डको सन् २०११ को चुनावी पूर्व सन्ध्यामा हिराबल गुरूङको सक्रियतामा प्रथम पटक बेर्नमा आयोजना गरिएको थियो।

Share.

Leave A Reply