०७ वैशाख २०८१

स्विट्जरल्याण्डमा अध्यक्षका उम्मेद्वारका बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

0

०१ अगष्ठ २०१५, स्विट्जरल्याण्ड। गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डको आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हिराबल गुरूङ र तेञ्जिङ शेर्पा बीच एक अन्तरक्रिया कार्यक्रम बेर्न समाजको आयोजनामा स्विट्जरल्याण्डको राजधानी बेर्नमा सम्पन्न भयो। हिराबल गुरूङ संघको कार्यकाल २०११ – २०१३ मा महासचिव थिए भने शेर्पा हाल कार्यसमिति सदस्य छन्। उक्त कार्यक्रममा स्विट्जरल्याण्डका बिभिन्न संघ-संस्थाका प्रतिनिधि र व्यक्तित्वहरुको उत्साहजनक उपस्थिति रहयो। यस्तै प्रकारको अन्तरक्रिया कार्यक्रम गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डको सन् २०११ को चुनावी पूर्व सन्ध्यामा हिराबल गुरूङको सक्रियतामा प्रथम पटक बेर्नमा आयोजना गरिएको थियो।

उक्त अन्तरक्रिया कार्यक्रममा उम्मेद्वारहरुको १५ – १५ मिनेटको मन्तव्य पश्चात प्रश्नोत्तर कार्यक्रम राखिएको थियो। मन्तव्यका क्रममा उम्मेद्वारहरुले आ-आफ्ना चुनावि प्रतिबद्धता उपस्थित नेपाली समुदाय माझ प्रस्तुत गरे। यस क्रममा उम्मेद्वार तेञ्जिङ शेर्पाले आफू चुनावमा आफ्नै विचारमा नउठेको जनाउदै साथीहरु र संघ-संस्थाले आफूलाई उठाएको बतायका थिए। संस्थागत रुपमा लामो अनुभव संगालेका उम्मेद्वार हिराबल गुरुङले समवेशिता, सहमति र एकताका माध्यमले गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डलाई सबल बनाई नेपाल र नेपालीहरुको हितमा काम गर्न उम्मेद्वारी दिएको बताए। प्रश्नोत्तर सेसनमा सहभागिहरु द्वारा सोधिएका प्रश्नहरुको जवाफ दिदै उम्मेद्वार हिराबल गुरूङले आफूले सहमतिका खातिर अझ सम्म प्यानल नबनाएको र सबैलाई मिलाएर एक प्रभावकारी समिति बनाउन चाहेको बताउदै आफ्ना प्रतिद्वन्दि तेञ्जिङ शेर्पालाई आफ्नो टिममा बसि सहयोग गर्न अनुरोध गरे। उक्त अनुरोधमा तेञ्जिङ शेर्पाको स्पष्ठ उत्तर भने आएन। अरुले आफुलाई उठाएको मन्तव्य राखेका तेञ्जिङ शेर्पालाई प्रश्नोत्तर कार्यक्रममा सहभागिहरुले उनको उक्त भनाई प्रति प्रश्न गर्दै आफ्नो ईच्छा र तयारी बिना अरुको उठाईमा उम्मेद्वारी दिईएको हो भने तपाई कसरी काम गर्न सक्नु हुन्छ भने पछि उनले आफ्नो पहिलो भनाई फेर्दै आफ्नो पनि उम्मेद्वारीमा तयारी र गृहकार्य रहेको बताएका थिए।

उम्मेद्वारहरु बीच सहमतिकालागि आयोजना गरिएको भनिएको उक्त कार्यक्रमको संचालन बेर्न समाजका अध्यक्ष बिष्णु थापाले संचालन गरेका थिए। कार्यक्रम आयोजना मिति भन्दा २ दिन अघिमात्र कार्यक्रम स्थान र समय सार्वजनिक गरिएको उक्त कार्यक्रम बिहानको ठिक १० बजे शुरु हुने भनिए पनि ११ बजे कार्यक्रमको आरम्भ गरिएको थियो। कार्यक्रम स्थानमा समयमै आई पुगेका सहभागिहरुले यस सम्बन्धमा कार्यक्रम आयोजकलाई आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। कार्यक्रम चल्दै गर्दा १३:३० बजे उम्मेद्वार तेञ्जिङ शेर्पाले नै आफूसंग १४:०० बजे सम्म मात्र समय रहेको र त्यस पछि आफू कार्यक्रमबाट जानु पर्नु बताए पछि टाढा-टाढाबाट समय निकाली उम्मेद्वारहरुको विचार सुन्न आएका सहभागिहरु अलमल्लमा परेका थिए। ठिक १४:०० बजे उम्मेद्वार तेञ्जिङ शेर्पा कार्यक्रम छोडि जानकालागि आफ्नो स्थानबाट उठेपछि प्रश्न सोध्न चाहने सहभागिहरुले प्रश्न सोध्न पाईनु पर्छ भन्दै हल्लाखल्ला गरेका थिए। साथै उम्मेद्वार शेर्पा १४:०० बजे सम्म मात्र कार्यक्रममा बस्छन् भन्ने कुरा अन्तरक्रिया कार्यक्रमको शुरुमै आयोजक र उम्मेद्वार स्वयमले किन जानकारि गराएनन् भन्ने प्रश्न पनि कार्यक्रम हलमा उठेको थियो। अर्का उम्मेद्वार हिराबल गुरुङले आफ्नो प्रतिद्वन्दि समय अभावका कारण देखाई कार्यक्रम छोडेपनि सहभागिहरुका लागि आफूले समय दिने बताउदै अझै प्रश्नहरु छन् भने सोध्न अनुरोध गरेका थिए।

image-a83269ddbc6331147c3b4ace898084679386d013fed548dd1334a124da187ca7-V image-242a9a4f754b326549ecac1a2c80b3cff52c56c5203955b83112dfa496d18ad6-V

Share.

Leave A Reply