०८ वैशाख २०८१

एनआरएन महिला समिति बेल्जियमले भूकम्प पिडित महिला लाई सहयोग गर्ने

0

बेल्जियम । नेपालमा भुकम्प पीडित महिलाहरुको सहयोगको लागि एनआरएन बेल्जियम महिला समिति द्वारा लुभेन केसेलेको कासाब्लान्का पार्कमा गत आईतबारका दिन आयोजजना गरिएको च्यारिटीएवल बारबिक्यू कार्यक्रम  भब्य रुपमा सम्पन्न भएको छ  ।

कार्यक्रमा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदकि महिला संयोजक शपिला राजभण्डारी, बिशेष अथिति बेल्जियम नेपाली कन्सुलर रोजर दी ग्रुन अथितिको रुपमा उपसंयोजक रजनी प्रधान, यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठ, एनआरएनए बेल्जियमका अध्यक्ष प्रेम गुरुङ आई सी सी द्वय जानकी गुरुङ, शिवकुमार बरुवाल सल्लाहकार सीता सापकोटा, सीपी भट्ट लगाए बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि लगाएत अन्य महानुभावहरुको उल्लेखीय उपस्थिति रहेको थियो । औपचारिक बाट शुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि ले आफ्नो आशन बाट बोल्दै नेपालमा गएको भुकम्प पिडित हरुलाई राहत सहयोग बितरणमा आफू प्रत्यक्ष सहभागी भइ संसार भरिका गैर आवासीय नेपालीहरुको सहयोगले राहत मा सहयोग पुगेको बताउदै अझै भूकम्प बाट महिला  तथा बालबालिका धेरै जोखिममा रहेकोले उनीहरुको सहयोगको लागी बिभिन्न कार्यक्रम मार्फत सहयोग जुटाउनु अपरिहार्य रहेको  र जुन बेल्जियम एनआरएन महिला समितिले  बिशेष गरि भूकम्प पिडित महिला हरुको गरेको कार्य सराहनीय रहेको बताएकी थिईन । सभापतिको आशन बाट बोल्दै एनआरएन ए बेल्जियमका अध्यक्ष प्रेम गुरुङले बेल्जियमका बिभिन्न संघ-सस्था तथा नेपालीहरु बाट संकलित रकम नेपालका भूकम्प पिडित लाई संकलन गर्न सहयोग गर्नु हुने सम्पूर्ण लाई धन्यबाद दिदै बिशेष गरि भूकम्प पिडित महिलाहरुको लागी एनआरएन बेल्जियमले सहयोग गर्ने निर्णय अनुरुप महिला समितिले आयोजना गरेको कार्यक्रममा सहकार्य गर्दै आएको र यस्ता कार्यमा सधैव हातेमालो गर्ने प्रष्ट पारेका थिए । महिला संयोजक यसोदा थापाले संचालन गरेको छोटो औपचारिक कार्यक्रममा गत महिना एनआरएन स्वीस द्वारा आयोजना गरिएको यूरोप स्तरीय फूटबल प्रतियोगितामा प्रथम हुन सफल भएको चहलपहल यूवा समुहलाई बिशेष सम्मान गरिएको थियो । साथै उपस्थित महानुभावहरुले बारबिक्यू बाट भरपुर आनन्द लिएका थिए । उक्त च्यारीटी अन्तर्गतको बारबिक्यू कार्यक्रममा लंङ् मीट सप्लायर, GO Fresh का पास्कल, Dunyung, Rara BVBA का कृष्ण खतिवडा (आन्त्वेर्पेन), Orca Fish ले प्रायोजन को साथै अर्जुन कुमार श्रेष्ठ, सी पी भट्ट, बिनोद धिताल, खड्क के.सि., सानु गुरुङ लगायतले सहयोग स्वरूप नगद रकम प्रदान गरेका थिए। स्मरणीय रहोश यस च्यारिटी बारबीक्यू कार्यक्रम बाट भुकम्प पीडित महिलाहरुलाई सहयोग गरिने बताइएको छ ।

11752504_10207191166676024_4472032904237377069_n

Share.

Leave A Reply