१३ वैशाख २०८१

गैर आबसिय नेपाली संघ जर्मनीको बार्शिक साधारण भेला सम्पन्न ।

0

बिश्वका बिभिन्न देशहरुमा गैर आबसिय  नेपाली संघ(एनआरएनए) का नेसनल कोर्डिनेसन कमिटी (एनसीसी) हरुको सम्मेलन चलिरहेको अवस्था छ। यसै बीच एनआरएनए जर्मनीले पनि आफ्नो साधारण भेला यही मिती २०१५-०७-२० का दिन जर्मनीको प्रमुख शहर ह्याम्बुर्गमा  सफलता पुर्वक सम्प्पन्न गरेको छ। एनआरएनए जर्मनीका अद्यक्ष हरेन्द्र वनेमको अद्यक्षतामा सम्म्पन्न उक्त भेलामा प्रमुख अतिथीको रुपमा एनआरएनएका केन्द्रिय सल्लाह्कार समितीका सदस्य तथा एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिल बहादुर गुरुङ र बिशिश्ठ अतिथीको रुपमा एनआरएनएका युरोपियन सह-संयोजक सोम सापकोटा उपस्थित हुनुहुन्थ्यो। उपस्थित अन्य अतिथीहरुमा एनआरएनए आइसीसी सदस्य दावा शेर्पा, निवर्तमान आइसीसी सदस्य सन्तोष भट्ट्राराई, एनआरएनए जर्मनीका प्रमुख संरक्षक  पुष्प थापा, बिशेष संरक्षक बिजय मोक्तान, संरक्षक रण बहादुर बि०क०, अन्तराष्ट्रिय कलाकार समाज जर्मनी बाट शिखर खड्का, अन्तराष्ट्रिय कलाकार मन्च जर्मनीका अद्यक्ष बेल गुरुङ, जन संपर्क समितीको तर्फबाट महमन्त्री टन्क लम्साल, लगायत ह्याम्बुर्ग शहरमा रहेका बिभिन्न सामाजिक संघ संस्थाहरुका प्रतिनिधिहरु हुनुहुन्थ्यो।
एनआरएनए जर्मनीका महासचिव हरी न्यौपानेले कार्यक्रम  संचालन गर्नु भएको थियो भने एनआरएनए जर्मनीका अर्का  माहासचिव प्रेम पोमुले कार्यक्रमका टिप्पणीहरुको टिपोट गर्दै भेलालाई सम्पन्न गर्न ब्यबस्थापनको कार्य गर्नु भएको थियो। कार्यक्रममा उपस्थित सबैलाई एनसीसी उपाध्यक्ष सुरेन्द्र प्रधानले मन्तब्य मार्फत स्वागत गर्नु भएको थियो भने, कलाकार आश्मा कंडेलले नांच द्वारा सबैलाई मनोरन्जन दिनु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथी दिल गुरुङले एनआरएनए जर्मनीले आफ्नो स्थापनाकाल देखी गरेका बिभिन्न महत्वपूर्ण कार्यहरुको चर्चा गर्दै एलसीसी गठनको अबधारणा,७५ जिल्ला एक च्यारिटी प्रोजेक्टको अबधारणा,सँयुक्त लगानीको अबधारणा,एनआरएनएलाई नागरिकता दिनु पर्ने मुद्दा,सेन्ड फ्रेन्ड्स तो योर होम को नारा अन्तर्गत पर्यटन बिकासको अबधारणा आदी जस्ता सबै कुराहरुको सुरुवात जर्मनी बाटै भएकोले एनआरएनए जर्मनीले आफ्नो ईतिहासमा गर्व गर्नु पर्ने कुरा बताउनु भएको थियो। साथै आगामी नेत्रित्व राजनैतीक जातियताको  भाग भन्डाका आधारमा गरिनु नहुने र एनआरएनएमा सकृयाताका आधारमा गठन गरिनु पर्ने  बिचार  ब्यक्त गर्नु भएको थियो।
बिशीश्ठ अतिथी सह-संयोजक सोम सापकोटाले एनआरएनए को ग्लोबल सम्मेलनमा जर्मनी बाट हुने प्रतिनिधित्व ले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकोले  बिबाद रहित तरिकाले नेत्रित्व चयन गर्न शुभकामना दिनु भएको थियो। कार्यक्रमका अन्य बक्ताहरुमा आइसीसी सदस्य दावा शेर्पा, निवर्तमान आइसीसी सदस्य सन्तोष भट्टराई, प्रमुख सँरक्षक पुष्प थापा, बिशिश्ठ  सँरक्षक बिजय मोक्तान, बिभिन्न संघ संस्थाहरुको तर्फ बाट मिलन केन्द्र ह्याम्बुर्गका मानबलाल श्रेष्ठ ले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो।
एनआरएनए जर्मनी अन्तर्गतका बिभिन्न लोकल कोर्डिनेसन कमिटी (एलसीसी) हरुको प्रगती विवरण प्रस्तुत गर्दै  बायर्न संयोजक प्रेम कंडेल, हेस्सेन संयोजक लोक मणी ढकाल, एनआरडब्ल्यु संयोजक दिपक लामा, ब्रेमेन-निदरज्याक्सन संयोजक कृष्ण देवकोटा, बर्लिन-ब्रन्डेन्बुर्ग सचिब राजेश सुनार र ह्याम्बुर्ग संयोजक चिरन श्रेष्ठ ले आफ्नो मन्तब्य राख्नु भएको थियो। बिभिन्न एलसीसीहरुको प्रगती विवरण सुनी सकेपछी भेलाले नयाँ जोस, क्षमता र सिर्जनात्मक भवनाका साथ निर्वाचित हुनुभएका सबै एलसीसीका संयोजक र सचिवहरु लगायत अन्य पदाधिकारीहरु लाई बधाई दिदै आगामी कार्यकालको सफलताको कामना गरेको थियो । साथै भेलामा  आगामी दिनहरुमा एनसीसी सँग सहकार्यको आधारमा जर्मनीबासी नेपालीहरुको लागि राम्रा कार्ययोजनाहरु अघी सार्दै कार्यन्वन गर्दै जाने प्रतिबद्दता ब्यक्त गरिएको थियो । 
साधारण भेलामा छलफलमा भाग लिदै एनआरएनए एनसीसीका सदस्य टन्क लम्साल, बर्लिनमा आइटी क्षेत्रमा कार्यरत डा० जय कृष्ण ठाकुर, युनीभर्सिटी अफ गोट्टिङनमा कार्यरत नेत्र भण्डारी, एलसीसी एनआरडब्ल्यु क्षेत्रका सहसँयोजक बिकास ठकुरी, बिनय गुरुङ र एनसीसी ह्याम्बुर्गका सचिव मानबलाल श्रेष्ठ ले एनआरएनए जर्मनीको बिस्तार सुध्रिकरण बिषयमा टिप्पणी गर्नु भएको थियो।
साधारण भेलामा आर्थिक विवरण एनसीसी जर्मनीका कोशाध्यक्ष नारायण अधिकारीले  प्रस्तुत गर्नु भएको थियो भने बिधान संसोधनको प्रस्ताब प्रमुख संरक्षक पुष्प थापाले पेश गर्नु भएको थियो।

आर्थिक विवरण पास गरिएपछी, बिधानको छलफलमा भाग लिदै निवर्तमान आइसीसी संयोजक सन्तोष भट्टराई, एलसीसी एनआरडब्ल्यु सहसंयोजक बिकास ठकुरी लगायत भिभिन्न ब्यक्तीले टिप्पणी गर्नु भएको थियो भने युरोपियन सहसन्योजक सोम सापकोटाले पनि आइसीसीको बिधान सँग मेल खाने किसमले बिधान बनाउन सुझाब दिनु भएको थियो र अन्तमा बिधान संसोधनमा प्राप्त सुझाबहरु माथि बिधान संसोधन समितीमा थप छलफल चलाई एनसीसीको बैठकमा प्रस्तुत गर्दै एनसीसीको बैठकले पारीत गरेको संसोधनलाई आगामी अधिबेशनमा निर्णयार्थ पेश गर्ने निर्णय गरिएको थियो।
कार्यक्रमको अन्तमा एनआरएनए जर्मनीका अध्यक्ष हरेन्द्र वनेमले कार्यक्रम ब्यबस्थापन समितीलाई र कार्यक्रममा उपस्थित सबै अथितीहरुलाई कार्यक्रम सफल पार्नु भएकोमा धन्यवाद ग्यापन गर्नु भएको  थियो।

sadharan_bhela_04 sadharan_bhela_05

Share.

Leave A Reply