०७ वैशाख २०८१

नेदरल्याण्ड्समा श्रीमद भागवत महापुराण

0

नेपालमा गएको विनकासकारी भुकम्पमा परि ज्यान गुमाएको सम्झना  र भौतिक क्षति पुनस्र्थापनाका लागि युरोपेली मुलुक नेदरल्याण्ड्समा श्रीमद भागवत महापुरण लागाइने भएको छ । २१ जुलाई बाट २३ जुलाई सम्म नेदरल्याण्ड्सको प्रशाशकिय शहर देनहागमा रहेको श्रीराम मन्दिरमा  पंडित श्री तारा निधी निरौला भारद्धाजको प्रवचनमा उक्त महापुरन संपन्न हुने भएको छ । 

श्रीमद भागवत महापुराणमा सहभागिताको लागि सवैलाई उपस्थितीको लागि आयोजकहरुले आग्रह गरेका छन् । कार्यक्रम तालिका अनुसार  माधव पुजा, आरतपुजा पन्जली, श्रीमद भागवत पथ, प्रवचन, आरती पुस्पान्जली, अभिषेक, भोजन जस्ता कार्यक्रम हुने बताइएको छ । 

विषेश गरेर नेपालमा भएको विनासकारी भुकम्प पिडितको लागि र नेपालको पुःन निमार्णको लागि सहयोगार्थ आयोजित कार्यक्रम नेपाली समुदाय बाट धेरै भन्दा धेरै उपस्थित भै कार्यक्रमलाई सफल बनाउन र आध्यात्मिक कार्यक्रमबाट शान्ति लिन मिल्ने उक्त कार्यक्रममा सहभागी हुन अायोजकहरूले आग्रह गरेका छन्  । 

अयोजकजका अनुसार कार्यक्रम स्थल Mijtenstraat 183,2525 VC, Den Haag  मा हुनेछ । आयोजकहरुले नेपालको विनासकारी भुकम्पबाट मृत्युवरण गरेकाहरुको आत्माको सम्झना, नेपालको पुःन निमार्ण र भुटानी शहिदहरुको सम्झानाको लागि यो आत्ध्यात्मिक कार्यक्रम आयोजना गरिएको जनाएका छन् । 

Share.

Leave A Reply