११ वैशाख २०८१

भवन भट्टको विषेश आतिथ्यमा फूटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

0

२७ जुन २०१५, स्विट्जरल्याण्ड। स्विट्जरल्याण्डको अराउमा आयोजित यूरोप स्तरिय फूटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम स्विट्जरल्याण्डका लागि नेपाली राजदूत महामहिम श्री दीपक धितालको प्रमूख आतिथ्य र गैर-आवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय समितका उपाध्यक्ष भवन भट्टको विषेश आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा गैर-आवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषद यूरोप क्षेत्रका संयोजक अर्जुन कुमार श्रेष्ठको बिषेश उपस्थिति रहयो। उक्त उद्घाटन सत्रमा बिभिन्न देशका एन आर एन ए प्रतिनिधिहरु लाई आसन ग्रहण गराईएको थियो। एन आर एन ए स्विट्जरल्याण्डका वर्तमान अध्यक्ष धर्म गुरूङको सभापतित्वमा संचालित उक्त कार्यक्रममा स्विट्जरल्याण्डबाट आई सि सि सदस्य शिव रिजाल र एन आर एन ए का निवर्तमान अध्यक्ष डा. विनय श्रेष्ठ लाई आसन ग्रहण गराईएको थियो।

उक्त कार्यक्रमको उद्घाटन गर्दै महामहिम राजदूत दीपक धितालले विनाशकारी महाभूकम्प २०१५ पश्चात राष्ट्रिय एवं अर्न्तराष्ट्रिय स्तरमा नेपालीहरु द्वारा प्रदर्शित एकता एवं ऐक्यवध्दता अभूतपूर्व रहेको बिचार व्यक्त गरे। विषेश अतिथि भवन भट्टले खेलका माध्यमबाट समाजमा एकता र जीवनमा मार्ग दर्शन मिल्ने बताउदै उक्त प्रतियोगितामा पुरस्कारका लागि वा भुकम्प पीडितहरुका लागि प्रयोग हुने गरि एक लाख नेपाली रुपैयाँ सहयोगको घोषणा गरे। साथै, गैर-आवासिय नेपाली संघ अर्न्तराष्ट्रिय समन्वय परिषद यूरोप क्षेत्रका संयोजक अर्जुन कुमार श्रेष्ठले उक्त प्रतियोगितामा सहभागि खेलाडीहरु पदक मात्र जित्न नआएर भूकम्प पीडितहरुको सु-स्वास्थ्यको कमना गर्दै खेलमा सहभागि हुन आएका र उक्त कार्यक्रमको दौरानमा रकम संकलन गरि भुकम्प पीडितहरुका लागि अल्पकालिन अथवा दिर्घकालिन योजनाहरुमा लगानि गर्न सकिएमा राम्रो हुने बताए। त्यसै गरि एन आर एन ए स्विट्जरल्याण्डका निवर्तमान अध्यक्ष डा. विनय श्रेष्ठले विनाशकारी महाभूकम्प द्वारा भएको धनजनको क्षतिका कारण देश रोईरहेको र सहयोगको माग गरि रहेको बिचार राख्दै यस्ता कार्यक्रमहरुले भूकम्प पीडितहरुको समस्यामा ऐक्यवध्दता जनाउदै सहयोग गर्न सक्नु पर्ने भावाना राखे। एन आर एन ए स्विट्जरल्याण्डका संस्थापक अध्यक्ष संजय मुडवरीले आफ्नो मन्तव्य राखेको उक्त कार्यक्रममा आई सि सि सदस्य शिव रिजालले स्वागत भाषण गरेका थिए। कार्यक्रमका संयोजक निराजन श्रेष्ठले आफ्नो लिखित मन्तव्य पढेर सुनाए। त्यसै गरि उक्त कार्यक्रमको संचालन एन आर एन ए का महासचिव सुवास पोखरेलले गरेका थिए।

DSC_0976 DSC_1062DSC_1059

Share.

Leave A Reply