१६ चैत २०८०

कोलोराडोको बोल्डरमा रक्तदान कार्यक्रम सम्पन्न

0

नातिबाबु भट्ट, कोलोराडो, अमेरीका, ६ असार – विश्व रक्तदाता दिवसको अवसर पारेर बिआरटी नेपाल डटकम तथा ब्लड डोनर्स अफ अमेरीकाको संयूक्त आयोजनामा शनीवार कोलोराडोको बोल्डर स्थित रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा ९ जना नेपाली ४ जना स्थानीय अमेरीकीहरुले रक्तदान गरेका थिए। रक्त दान गर्न ईच्छुक २४ जना भन्दा बढि भएपनि विभिन्न कारणले गर्दा १३ जना मात्र रक्तदान गर्न योग्य ठहरिएका थिए। अमेरीकी नियम अनुसार रक्तदान गर्न अमेरीकामा बस्न थालेको ३ बर्ष हुनुपर्ने तथा लगातार एकबर्ष देश बाहिर नगएको हुनु पर्दछ।

रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठ, आयोजक संस्थाका बिआरटी नेपाल डटकम अध्यक्ष शैलेश पोख्रेल, टिका पौडेल, राजु सिटौला, स्थानीय डेबीड लीब लगायत १३ आयोजक संस्थाका अध्यक्ष शैलेश पोख्रेलले नेपाली समुदायका व्यक्तिहरु लाई आवश्यक परेको बेला सजिलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको बताए।
उनले यस पटक समेत अमेरीकामा आठौं पटक रक्तदान गरेका थिए। आठ पटक सम्म रक्तदान गर्दा १
ग्यालेन हुने हुदा आजैं उनलाई १ ग्यालेन पीन समेत प्रदान गरिएको थियो। कोलोराडोमा बिआरटी नेपाल डटकमको छुट्टै रक्त संकलन खाता भएको र यसरी दान गरेको रगत सोही खातामा जम्मा हुने बताईन्छ। बिआरटी नेपाल डटकमको खातामा जम्माहुने गरी स्थानीय डेबीड लीबले १० पटक प्लेटलेट दान गरिसकेका छन्।
कार्यक्रममा ब्लड डोनर्स अफ अमेरीकाका स्टेट कोर्डिनेटर भुषणलाल श्रेष्ठको पनि उपस्थिती रहेको थियो। रक्त संचार केन्द्रमा ५ सय ३६ पटक ६७ ग्यालेन शरिरमा रहेको प्लेटलेट दान गरेका कोलोराडो निबासी भर्जिल ओलसनको फोटो सझाएर राखिएको छ। सामान्य अवस्थामा ६ हप्ता पछि पुःन रगत दिन सकिने भएपनि प्लेटलेट चाही हरेक दुई साता पछि दिन मिल्ने रक्त संचार केन्द्रका कर्मचारीहरु बताउंछन्। बयोबृद्ध ८२ बषिय भर्जिल ओलसन अहिले सम्म आफैं रक्त संचार केन्द्रमा आई रक्तदान गने गरेका छन्। उनले १८ बर्षको उमेर देखि प्लेटलेट दान गर्न सुरु गरेको बताईन्छ।

DSC_0591

Share.

Leave A Reply